back

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रोटरी क्लब अफ हिमालयन गल्फर्ससँगको सहकार्यमा नेत्रहीन महिला संघ नेपालका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

साउन १७ गते आयोजित कार्यक्रममा कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा नेत्रहीन महिला संघ नेपालका विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले शिक्षा समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताइन्। उनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा रोटरी क्लब अफ हिमालयन गल्फर्सका पदाधिकारी, नेत्रहीन महिला संघ नेपालका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

शैक्षिक सामग्री प्राप्त गरेका विद्यार्थीहरूले सहयोगप्रति आभार व्यक्त गर्दै यसले आफ्नो अध्ययनलाई थप सहज र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदायको समग्र विकासलाई प्राथमिकतामा राख्दै विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

साङ्ग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रयांक्यूलिटी स्पामा विशेष छुट

साङ्ग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रयांक्यूलिटी स्पामा विशेष छुट

वि.सं.२०८३ साउन १८ सोमवार १८:१२

काठमाडौं ।  साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रयांक्यूलिटी स्पाबीच बैंकका...

चुनौतीपूर्ण अर्थतन्त्रबीच जीवन बीमा व्यवसायमा दोहोरो अंकको वृद्धि: कुल बीमाशुल्क २ खर्ब नाघ्यो

चुनौतीपूर्ण अर्थतन्त्रबीच जीवन बीमा व्यवसायमा दोहोरो अंकको वृद्धि: कुल बीमाशुल्क २ खर्ब नाघ्यो

वि.सं.२०८३ साउन १८ सोमवार १५:०९

काठमाडौं। मुलुकको समग्र अर्थतन्त्रमा देखिएको चौतर्फी शिथिलता र आर्थिक सुस्तताका बाबजुद...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा...

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:३५

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको...