back

साङ्ग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रयांक्यूलिटी स्पामा विशेष छुट

काठमाडौं ।  साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रयांक्यूलिटी स्पाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार साङ्ग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी र खातावाला ग्राहकहरूले ट्रयांक्यूलिटी स्पाका सेवाहरूमा उल्लेख्य छुट प्राप्त गर्नेछन् । बैंकका कर्मचारीहरूले व्यक्तिगत स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवाहरूमा १५ प्रतिशत छुट पाउनेछन् ।त्यसैगरी, बैंकमा खाता रहेका ग्राहकहरूले व्यक्तिगत स्पा सेवामा २० प्रतिशत र ब्युटी सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ।

यस सम्बन्धी सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशी र ट्रयांक्यूलिटी स्पाका तर्फबाट लर्निङ एण्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका हुन्। २०८० साउन १८ गते गरिएको यो सम्झौता आगामी दुई वर्षका लागि लागु हुने प्रेस विज्ञप्तिमा उल्लेख छ । यस सहकार्यबाट बैंकका कर्मचारी र ग्राहक महानुभावहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साङ्ग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा आफ्नो सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ साउन १८ सोमवार १८:१४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

चुनौतीपूर्ण अर्थतन्त्रबीच जीवन बीमा व्यवसायमा दोहोरो अंकको वृद्धि: कुल बीमाशुल्क २ खर्ब नाघ्यो

चुनौतीपूर्ण अर्थतन्त्रबीच जीवन बीमा व्यवसायमा दोहोरो अंकको वृद्धि: कुल बीमाशुल्क २ खर्ब नाघ्यो

वि.सं.२०८३ साउन १८ सोमवार १५:०९

काठमाडौं। मुलुकको समग्र अर्थतन्त्रमा देखिएको चौतर्फी शिथिलता र आर्थिक सुस्तताका बाबजुद...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा...

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:३५

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको...