back

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो टनेल गोलभेडा १५ रुपैयाँमा कारोबार भइरहेको छ। आलु रातो (लाम्छो, गोलो र मुडे) प्रतिकेजी ४८ रुपैयाँ, भारतीय रातो आलु ३३ रुपैयाँ र सेतो आलु ३० रुपैयाँ तोकिएको छ। भारतीय सुकेको प्याज ५४ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ७० रुपैयाँमा बिक्री भइरहेको छ।

यस्तै बन्दा (तराई) २५ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (लोकल) र हाइब्रिड दुवै १० रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ, तने बोडी ६० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ तथा घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकेजी १०० रुपैयाँ रहेको छ।

त्यसैगरी टाटे सिमी ९० रुपैयाँ, भटमासकोसा ८० रुपैयाँ, तितो करेला, लौका, परवर (लोकल र तराई) प्रतिकेजी ५० रुपैयाँ, चिचिन्डो २५ रुपैयाँ, घिरौला ५० रुपैयाँ, झिगूनी ६० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, हरियो फर्सी ६० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिँडालु ९० रुपैयाँ र स्कुस ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सागपाततर्फ रायो साग १५० रुपैयाँ, पालुङ्गो साग २५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ। कन्या च्याउ २३० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ४०० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी १८० रुपैयाँ, पास्र्ले ४०० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र गान्टे मूला १५० रुपैयाँ रहेको छ।

फलफूलतर्फ फूजी स्याउ प्रतिकेजी २८० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा १८० रुपैयाँ, कागती १४० रुपैयाँ, अनार ४५० रुपैयाँ, मालदह र दसहरी आँप १८० रुपैयाँ, हरियो तरबुजा ६० रुपैयाँ, जुनार २७० रुपैयाँ, भुईँकटहर प्रतिगोटा १८० रुपैयाँ, लोकल काँक्रो ३० रुपैयाँ, हाइब्रिड काँक्रो १० रुपैयाँ, लोकलक्रस काँक्रो २० रुपैयाँ, रुख कटहर ४० रुपैयाँ, लोकल नास्पाती ८० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ र लप्सी ५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।

यस्तै अमला २४० रुपैयाँ, काँचो नरिवल ६० रुपैयाँ, हरियो नरिवल १५० रुपैयाँ र नेपाली ड्रागन फ्रुट प्रतिकेजी ३५० रुपैयाँ न्यूनतम मूल्यमा बिक्री भइरहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३३

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५८

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर...

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

वि.सं.२०८३ साउन १५ शुक्रवार १३:२२

काठमाडौँ। नेपालमा उद्योग-व्यवसाय सञ्चालनलाई थप सहज, पारदर्शी र झन्झटमुक्त बनाउने...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४२

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

वि.सं.२०८३ साउन १४ बिहीवार १९:३२

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG)...