back

आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयनमा ल्याउन जोड

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमको प्राथमिकता निर्धारण गरेर शतप्रतिशत कार्यान्वयनको सुनिश्चित गर्न निर्देशन दिएकी छन् । सोमबार सहरी योजना आयोग, विभाग, आयोजना, सचिवालय र कार्यक्रमका प्रमुखहरूसँगको बैठकमा उनले यस्तो निर्देशन दिएकी हुन् ।

उनले योजना अनुगमन तथा मूल्याङ्कन एकाइले उपलब्ध गराएको ढाँचामा एक हप्ताभित्र वार्षिक कार्य योजना बनाएर पेस गर्न, प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुख बिच सूचक सहितको कार्य सम्पादन सम्झौतालाई साउनभित्रै सम्पन्न गर्न, सार्वजनिक खरिद प्रक्रियामा लैजानु पर्ने योजनालाई असोजभित्र सूचना प्रकाशन गरिसक्न सम्बन्धित विभागलाई निर्देशन दिइन् ।

‘वडाको चुस्त सेवाका लागि केन्द्रबाट प्रदान गर्नुपर्ने सहायता प्रदान गर्नु, मितव्ययी कार्यालय सञ्चालन प्रबन्ध गर्नु, पुराना बस्तु तथा सामान मर्मत गरेर चलाउन मिल्छ भने मर्मत गराउनु । यदि मर्मत गरेर चलाउन सकिँदैन भने लिलाम प्रक्रियामा लैजानू । सेवा प्रवाहमा चुस्त र सहजपन ल्याउन, वित्तीय अनुशासनमा अब्बल हुनुहोला,’ कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘गएको वर्षका असल अभ्यासलाई निरन्तरता दिनुहोला । करको दायरा फराकिलो बनाउनुहोला । सहरी योजना आयोगबाट प्राप्त गर्नु पर्ने सहायताका लागि ३ दिनभित्र माग पठाउनुहोला ।’

बैठकमा उनले आन्तरिक तथा बाह्य समन्वय र सञ्चारलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उत्तरदायी, पारदर्शी र मितव्ययी महानगरपालिकाको पहिचानका लागि दत्तचित्तले काम गर्न आग्रह गरे । ‘हरेक नीति, योजना तथा कार्यक्रमका लक्षित नतिजा छन् । ती नतिजा प्राप्त हुने गरी योजनाबद्ध कार्यक्रम कार्यान्वयनका लागि विभागीय प्रमुखले मातहतका कर्मचारीहरूलाई मूल्याङ्कन सूचकसहित कार्य विवरण दिनुहोला,’ गुरागाईँले अपेक्षा राखे ।

बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारीले आयोगसँग विभाग, आयोजना र सचिवालयहरूको निकट सम्बन्धबाट दिगो नतिजा प्राप्त हुने अपेक्षा राखे । यस्तै आयोगका सदस्य डा.सुरज काफ्लेले, साझा संकल्प र समान दृष्टिबाट नतिजा प्राप्त हुने धारणा राखे ।

बैठकपछि लगत्तै प्रमुखको सचिवालयले सबै विभाग, आयोजना र सचिवालयहरूलाई निर्णय कार्यान्वयनका लागि परिपत्र गरिसकेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:०४

काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा...

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

वि.सं.२०८३ साउन १० आइतवार १८:५०

काठमाडौं । नेपाल मिक्स बक्सिङ एसोसिएसनको आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको...

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि...

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

वि.सं.२०८३ असार २४ बुधवार १८:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक...