back
himalayan life

गृहमन्त्री सुधन गुरुङद्वारा निजगढ पुगेर मिटरब्याज पीडितहरूसँग प्रत्यक्ष संवाद सुरु, ६ बुँदे माग सम्बोधन गर्न दबाब

रौतहट । मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारको तर्फबाट पहल कदमी सुरु भएको छ । जनकपुरबाट काठमाडौँ केन्द्रित आन्दोलनका लागि पैदल यात्रा गरिरहेका पीडितहरूलाई भेट्न र उनीहरूका समस्याबारे प्रत्यक्ष संवाद गर्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ आइपुगेका छन् ।

बुद्ध एयरको विमानमार्फत सिमरा विमानस्थलमा अवतरण गरेलगत्तै गृहमन्त्री गुरुङ सडक मार्ग हुँदै सोझै निजगढ पुगेका हुन् । निजगढमा शिविर बनाएर बसेका आन्दोलनरत पीडितहरूसँग मन्त्री गुरुङले प्रत्यक्ष छलफल र अन्तक्र्रिया सुरु गरिसकेका छन् ।

लामो समयदेखि न्यायको खोजीमा सडक संघर्ष गरिरहेका नागरिकलाई राज्यका तर्फबाट अभिभावकत्व दिन मन्त्री आफैँ मैदानमा उत्रिएपछि यो भेटवार्तालाई राजनीतिक र सामाजिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

आफ्नो जायजेथा र उठिबास गराउने मिटरब्याजी (सामन्ती) प्रथाको समूल नष्ट हुनुपर्ने अडानमा रहेका पीडितहरूले सरकारसमक्ष स्पष्ट खाकासहित ६ बुँदे माग अघि सारेका छन् ।

उनीहरूले सरकारसमक्ष फर्जी लिखत खारेज, विशेष ऐन निर्माण, न्यायाधिकरण गठन तथा पीडितको सम्पत्ति फिर्ता गर्न माग गरेका हुन्। छलफलका क्रममा गृहमन्त्री सुधन गुरुङले पीडितहरूका समस्या र मागप्रति सरकार गम्भीर रहेको र यस प्रथालाई कानुनी रूपमै अन्त्य गर्न गृह मन्त्रालयले गृहकार्य गरिरहेको आश्वासन दिएका छन् । यद्यपि, पीडितहरूले भने विगतमा पनि पटक–पटक सहमति भएर कार्यान्वयन नभएको भन्दै यसपटक ठोस र लिखित निर्णय नभएसम्म आन्दोलन र यात्रा नरोक्ने अडान राखेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

वि.सं.२०८३ असार ३० मंगलवार १८:०३

मुगु । सडक सञ्जालमा पुल वा बेलीब्रिजबाट पछि परेको हिमाली...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

वि.सं.२०८३ असार ३० मंगलवार १८:०१

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको...

नेपाल र युएनएफपीएबीच रणनीतिक सहकार्य सुदृढ बनाउने प्रतिबद्धता, नवनियुक्त प्रतिनिधिद्वारा प्रमाणपत्र पेस

नेपाल र युएनएफपीएबीच रणनीतिक सहकार्य सुदृढ बनाउने प्रतिबद्धता, नवनियुक्त प्रतिनिधिद्वारा प्रमाणपत्र पेस

वि.सं.२०८३ असार ३० मंगलवार १७:५६

काठमाडौँ। नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) का नवनियुक्त...

आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्वाधारमन्त्री लम्साल

आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्वाधारमन्त्री लम्साल

वि.सं.२०८३ असार ३० मंगलवार १७:१०

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्मदहजस्ता घटना कुनै एउटा...

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार ३० मंगलवार १५:११

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र...

तन जलेको कुरा मात्र होइन, मन जलेका पीडा पनि सुन्नुपर्छ : सांसद समिक्षा बास्कोटा

तन जलेको कुरा मात्र होइन, मन जलेका पीडा पनि सुन्नुपर्छ : सांसद समिक्षा बास्कोटा

वि.सं.२०८३ असार ३० मंगलवार १४:५६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिक्षा बास्कोटाले नागरिकको...