back
himalayan life

भौगोलिक अखण्डता र राष्ट्रिय अस्तित्व जोगाउने काम सरकारको हो : ठगुन्ना

काठमाडौं । नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्नाले नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ठगुन्नाले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका हुन् ।

उनले भने, ‘देशको स्वाभिमान सार्वभौमसत्ता र भौगोकिक अखण्डताको रक्षा गर्ने दायित्व सरकारको हुन्छ । सबै देशको सरकारले आफ्नो देशको स्वविमानको रक्षा गर्दै भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यलाई प्राथमिकतामा राखिएको हुन्छ ।’

उनले नेपाली पुर्खाहरूको संघर्षबाट नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय अस्तित्व कायम भएको उल्लेख गरे ।

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित करिब चारसय वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गरेको दाबी गरे ।

उनले उक्त क्षेत्रमा भारतीय सुरक्षा बलको उपस्थिति, सडक निर्माण तथा कैलाश–मानसरोवर यात्रा र तिब्बतसँगको व्यापार सञ्चालन भइरहेको बताए ।

उनले सीमा विवादजस्तो संवेदनशील विषयमा सरकारको धारणा स्पष्ट, तथ्यमा आधारित र राष्ट्रिय हितअनुकूल हुनुपर्नेमा जोड दिए ।

सांसद ठगुन्नाले सीमा अतिक्रमणको विषय समाधानका लागि नेपालले विशेष कूटनीतिक पहल गर्नुपर्ने बताए ।

उनले सीमा विवादजस्तो संवेदनशील विषयमा सरकारको धारणा स्पष्ट, तथ्यमा आधारित र राष्ट्रिय हितअनुकूल हुनुपर्नेमा जोड दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

वि.सं.२०८३ असार ३० मंगलवार १८:०३

मुगु । सडक सञ्जालमा पुल वा बेलीब्रिजबाट पछि परेको हिमाली...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

वि.सं.२०८३ असार ३० मंगलवार १८:०१

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको...

नेपाल र युएनएफपीएबीच रणनीतिक सहकार्य सुदृढ बनाउने प्रतिबद्धता, नवनियुक्त प्रतिनिधिद्वारा प्रमाणपत्र पेस

नेपाल र युएनएफपीएबीच रणनीतिक सहकार्य सुदृढ बनाउने प्रतिबद्धता, नवनियुक्त प्रतिनिधिद्वारा प्रमाणपत्र पेस

वि.सं.२०८३ असार ३० मंगलवार १७:५६

काठमाडौँ। नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) का नवनियुक्त...

आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्वाधारमन्त्री लम्साल

आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्वाधारमन्त्री लम्साल

वि.सं.२०८३ असार ३० मंगलवार १७:१०

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्मदहजस्ता घटना कुनै एउटा...

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार ३० मंगलवार १५:११

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र...

तन जलेको कुरा मात्र होइन, मन जलेका पीडा पनि सुन्नुपर्छ : सांसद समिक्षा बास्कोटा

तन जलेको कुरा मात्र होइन, मन जलेका पीडा पनि सुन्नुपर्छ : सांसद समिक्षा बास्कोटा

वि.सं.२०८३ असार ३० मंगलवार १४:५६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिक्षा बास्कोटाले नागरिकको...