back
himalayan life

सिद्धार्थ बैंकमा किर्ते कागजात र कर्जा अनियमितताको आरोप, छानबिनको माग

काठमाडौं । सिद्धार्थ बैंकको मनिग्राम रुपन्देही शाखाले किर्ते कागजातको प्रयोग गरी सेवाग्राहीलाई झुटो कर्जामा फसाएको भन्दै पिडित सेवाग्राहीले छानबिनको माग गरेका छन् ।

बैंकले कालोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको तथा राष्ट्र बैंकको कारबाहीबाट बच्न आफूहरुलाई प्रयोग गरिएको भन्दै पीडितहरुले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै छानबिन गर्न माग गरेका हुन् ।

पीडितमध्येका एक दिलिप ओलीले मनिग्राम रुपन्देही शाखाले आफूले माग नगरेको कर्जा स्वीकृत गराएको, किर्ते कागजात तयार गरी कालोसूचीमा रहेको कम्पनीका नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गरेको तथा त्यसलाई ढाकछोप गर्न आफूलाई प्रयोग गरिएको भन्दै छानबिन गर्न माग गरे ।

उनका अनुसार बैंक स्टेटमेन्टमा रकम आएको देखिए पनि त्यससम्बन्धी कुनै भौचर, रसिद वा आधिकारिक कागजात आफूहरूसँग छैन । साथै, साथीको हस्ताक्षरसमेत किर्ते गरी रकम स्थानान्तरण गरिएको आरोप उनले लगाए ।

आफ्नो साथीसँग सम्बन्धित हस्ताक्षर वास्तविक नभएको दाबी गर्दै उनले त्यसको फरेन्सिक परीक्षण गर्न आग्रह गरे । हस्ताक्षर नक्कली भएको पुष्टि भए दोषीमाथि कानुनी कारबाही हुनुपर्ने उनको माग गरे ।

पीडित पक्षका अनुसार कालोसूचीमा रहेका कम्पनीहरूको कर्जा सेटल गर्न बैंकभित्रै योजनाबद्ध रूपमा प्रक्रिया अघि बढाइएको थियो । कालोसूचीमा रहेको कर्जा सञ्चालक समिति र उच्च व्यवस्थापनको निर्णयबिनै सेटल हुन नसक्ने भएकाले यसमा उच्च तहको संलग्नता हुन सक्ने आशंका उनले व्यक्त गरे । त्यसका लागि प्रयोग गरिएका जग्गा, कर्जा स्वीकृति कागजात, कालोसूचीमा राखिएको मिति, कालोसूचीबाट मुक्त गरिएको पत्रलगायत सबै अभिलेखको छानबिन गर्न उनले माग गरे ।

उनले खाली चेक मागेर आफूहरूलाई झुक्याइएको र पछि ती चेकमा आफूखुसी रकम भरेर अपरिचित कम्पनीहरूको खातामा रकम पठाइएको आरोपसमेत लगाए । ती कम्पनीहरूसँग आफूहरूको कुनै सम्बन्ध नरहेको र चेकमा रकम तथा विवरण आफूहरूले नभरेको उनको भनाइ छ । यसरी निकासा गरिएको रकम कालोसूचीमा रहेका कर्जा मिलाउन तथा केही व्यक्तिको व्यक्तिगत हितका लागि प्रयोग गरिएको उनको दाबी छ ।

पीडितले आफूसँग यस घटनासँग सम्बन्धित करिब ८ हजार वटा कल रेकर्ड रहेको दाबी गर्दै आवश्यक परे सम्बन्धित निकाय र सञ्चारमाध्यमलाई उपलब्ध गराउने बताए। उनका अनुसार ती रेकर्डले कर्जा प्रक्रिया र कथित सेटिङबारे थप प्रमाण दिन सक्नेछन् ।

आरोप लगाउँदै उनले प्रदेश प्रमुख सुशील नेपाल, शाखा प्रमुख अभिषेक कुमार थापा मगर, लोन प्रमुख रबिन पौडेल क्षेत्री (तथा केही स्थानमा सन्दीप पन्थीको नाम पनि उल्लेख), हालका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल, हेड अफिसका प्रदीप पन्थ तथा सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको भूमिकामाथि अनुसन्धान गर्न माग गरे । उनले यस्ता निर्णय उच्च व्यवस्थापनको जानकारी र निर्देशनबिना सम्भव नहुने दाबी गरे ।

पीडितले आफूले झुटो आरोप नलगाएको दाबी गर्दै आफ्नो भनाइ गलत प्रमाणित भए कानुनी जिम्मेवारी लिन तयार रहेको बताए। उनले सम्बन्धित नियामक निकाय, अनुसन्धान निकाय तथा फरेन्सिक विज्ञमार्फत सम्पूर्ण कागजात, हस्ताक्षर, बैंक स्टेटमेन्ट, कर्जा फाइल, जग्गा कारोबार र कल रेकर्डको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कर्जा प्रवाहलाई सहज बनाउँदै राष्ट्र बैंक, मौद्रिक नीतिको संरचनामा हुँदैछ ऐतिहासिक परिमार्जन

कर्जा प्रवाहलाई सहज बनाउँदै राष्ट्र बैंक, मौद्रिक नीतिको संरचनामा हुँदैछ ऐतिहासिक परिमार्जन

वि.सं.२०८३ असार २२ सोमवार १६:०५

काठमाडौँ । मुलुकको बैंकिङ प्रणालीमा खर्बौँ रुपैयाँ लगानीयोग्य रकम (तरलता) थुप्रिए...

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार २२ सोमवार १०:५८

काठमाडौं ।नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने...

राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ सेवा सुरु, अनलाइनबाटै कर्जा आवेदन दिन सकिने

राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ सेवा सुरु, अनलाइनबाटै कर्जा आवेदन दिन सकिने

वि.सं.२०८३ असार २० शनिवार २१:०५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क ले आजदेखि अनलाइन कर्जा आवेदन...

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

वि.सं.२०८३ असार १९ शुक्रवार १५:४९

काठमाडौं । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ विकास बैंकले...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...