back
himalayan life

बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ मा बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च रहने प्रारम्भिक अनुमान गरिएको छ भने मधेश प्रदेशको आर्थिक वृद्धि सबैभन्दा न्यून रहने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको ‘प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान’ सम्बन्धी प्रेस नोटअनुसार बागमती प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ४० प्रतिशत पुग्ने अनुमान गरिएको हो ।

कार्यालयका अनुसार गण्डकी प्रदेश ५ दशमलव शून्य १ प्रतिशत आर्थिक वृद्धिदरसहित दोस्रो स्थानमा रहनेछ । सबैभन्दा कम आर्थिक वृद्धि मधेश प्रदेशमा हुने अनुमान गरिएको छ । मधेशको आर्थिक वृद्धिदर १ दशमलव ३१ प्रतिशत मात्रै रहने तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धि ३ दशमलव २८ प्रतिशत, कोशी प्रदेशको ३ दशमलव १३ प्रतिशत, कर्णाली प्रदेशको २ दशमलव ९४ प्रतिशत तथा लुम्बिनी प्रदेशको २ दशमलव ८७ प्रतिशत रहने अनुमान गरिएको छ ।

तथ्यांक कार्यालयका अनुसार स्थिर मूल्यमा मापन गरिएको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वार्षिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । यस आधारमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धि राष्ट्रिय औसतभन्दा माथि रहने देखिएको हो ।
सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८२÷८३ मा नेपालको कुल अर्थतन्त्र करिब ६१ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । त्यसमध्ये बागमती प्रदेशको योगदान सबैभन्दा बढी रहेको छ ।

बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन २२ खर्ब रुपैयाँभन्दा माथि पुगेको देखिएको छ । त्यसपछि कोशी, लुम्बिनी र मधेश प्रदेशको अर्थतन्त्र क्रमशः ठूलो देखिएको छ । गण्डकी प्रदेश मध्यम आकारको अर्थतन्त्र भएको प्रदेशका रूपमा रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशको अर्थतन्त्र तुलनात्मक रूपमा सानो रहेको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार कर्णाली प्रदेश नेपालको सबैभन्दा सानो अर्थतन्त्र भएको प्रदेशका रूपमा रहेको छ । यद्यपि, पछिल्ला वर्षहरूमा कर्णालीमा आर्थिक गतिविधिमा क्रमिक सुधार देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार प्रदेशगत आर्थिक आकार निर्धारणमा उद्योग, सेवा, कृषि उत्पादन, जनसंख्या तथा शहरीकरणको अवस्थाले मुख्य प्रभाव पार्ने गरेको छ । राजधानी काठमाडौं उपत्यका लगायत प्रमुख आर्थिक केन्द्र बागमती प्रदेशमा केन्द्रित भएकाले यसको अर्थतन्त्र अन्य प्रदेशको तुलनामा निकै ठूलो रहेको उल्लेख गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

वि.सं.२०८३ असार २० शनिवार २१:०८

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछिका एकसय दिनका उपलब्धिहरु...

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

वि.सं.२०८३ असार १७ बुधवार १८:२०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य...

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

वि.सं.२०८३ असार १७ बुधवार १०:५२

काठमाडौं । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री...

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

वि.सं.२०८३ असार १५ सोमवार १६:५०

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार (नेप्से)...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

वि.सं.२०८३ असार १ सोमवार १२:५५

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले...