back

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन (ई आइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक

nactional life

बाजुरा । मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना (१९०२ मे.वा.) को. वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) को मस्यौदा प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । (ईआइए) मस्यौदा प्रतिवेदन सार्वजनिक समेत गरिएको छ । आयोजनाको केन्द्रीय कार्यालय रहने बुढी नन्दा नगरपालिकामा मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको हो ।

चार खर्व ६० अर्ब बढीको लागत अनुमान गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन मस्यौदा प्रतिवेदन सार्वजनिक सुनुवाइ मार्फत सार्वजनिक गरिएको बुढिनन्दा नगरपालिकाले जनाएको छ । १९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको केन्द्रीय कार्यालय बुढी नन्दा नगरपालिका ५ को वीर सैनमा रहने भएको छ ।

आयोजनाले आवश्यक जमिन आफ्नो नाममा लिइसकेको र  स्थानीयले जमिन दिए बापतको पाउनु पर्ने मुआब्जा रकम समेत बुझिसकेका छन् । जेभीजेड कन्सल्ट प्रालि र नेपाल इन्भाइरनमेन्ट तथा डेभलभ्मेन्ट कन्सल्टयान्ट प्रालिको संयुक्त सहकार्यमा तयार पारिएको प्रतिवेदन सरोकारवाला बिच सार्वजनिक गरिएको आयोजना प्रमुख सूर्य पाण्डेले जानकारी दिए ।

आयोजनाबाट बाजुरा, मुगु, हुम्ला र कालिकोट गरी चार जिल्लाका दश पालिका र ३२ वटा वडा प्रभावित हुने अनुमान गरिएको छ । मुगु कर्णालीका लागि बाजुराको जगन्नाथ र स्वामिकार्तिक खापर गाउँपालिकाको बिचमा पिलुचौर भन्ने ठाउँमा २८३ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।

बाँध निर्माणबाट कर्णाली नदी थुन्दा आयोजनाको जलाशय करिब ४५ किलोमिटर माथिल्लो तटीय क्षेत्रसम्म रहनेछ ।

२८३ मिटर अग्लो र १ हजार ९० मिटर लामो बाँध निर्माण हुनेछ । पुरै जलाशयको ४४.५० वर्ग किलोमिटर रहने अनुमान गरिएको छ । आयोजना निर्माणका लागि २,३७९.१३ हेक्टर निजी र २,९९५.४२ हेक्टर सरकारी गरी ५,३७४.५५ हेक्टर जमिन आवश्यक पर्ने जानकारी गराइएको छ ।

आयोजनाका लागि ५ हजार ९७६ निजी संरचना डुबानमा पर्ने देखिन्छ । जसमा ३ हजार ३३१ वटा घर, १ हजार ६४४ वटा शौचालय, ८९५ वटा गोठ डुबानमा पर्ने देखिन्छ ।  १९४ वटा सार्वजनिक संरचना पनि डुबानमा पर्नेछन् । प्रभावीका क्षेत्रका स्थानीय मध्ये ७० प्रतिशतले मुआब्जा स्वरूप नगद माग गरेका छन् । भने ३० प्रतिशतले घर  र जमिन नै माग गरेको प्रतिवेदनमा उल्लेख छ ।

१९०२ मेगावाटको मुगु कर्णालीका लागि चौधरी ग्रुपको सिजी इनरगो प्रालिको मात्र प्रस्ताव हालेको थियो । एउटा मात्र प्रस्ताव परे पनि मूल्यांकन गर्न सकिने प्रावधान कार्यविधिमा राखिएको छ । अहिले आयोजनाको परीक्षण ट्रनेल सुरुङ निर्माण कार्य भइरहेको छ ।

४ वटा सुरुङ निर्माण गरी परीक्षण गरिने छ । सुरुङ–०१ः २००.०० मिटर सुरुङ–०२ः १५०।०० मिटर, सुरुङ–०३ः ७९८.०० मिटर,सुरुङ–०४:२००.०० मिटर, कुल सुरुङ लम्बाइस् १३४८ मिटर रहेको छ । भने सुरुङको आकार : डि आकारको सुरुङ बन्ने छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वि.सं.२०८३ असार २ मंगलवार १२:१४

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...