back

ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालिले नेपाल ट्रक यातायात व्यवसायी महासंघको आठौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

गत पुस २७ गते सम्पन्न महासंघको सत्रौँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो । सोही अवसरलाई केन्द्रमा राख्दै सोमबार आयोजित कार्यक्रममा नव-नेतृत्वलाई स्वागत गर्दै सिप्रदीले सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

कार्यक्रममा सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले नयाँ नेतृत्वसँग निरन्तर सहकार्य गर्दै यातायात क्षेत्रको विकासमा योगदान दिने प्रतिबद्धता जनाए ।

उनले बदलिँदो समयसँगै भित्रिएको नयाँ प्रविधि, विशेषगरी बीएस–६ मापदण्डले ल्याएका चुनौतीहरूलाई सामना गर्न चालक तथा व्यवसायीलाई प्राविधिक तालिम र सचेतना आवश्यक रहेकोमा जोड दिए ।

उनका अनुसार सिप्रदीले नेपालका भौगोलिक अवस्था र सडक संरचनालाई ध्यानमा राख्दै आफ्ना सवारी साधनहरूको परीक्षण गरिसकेको छ । साथै, देशभर मर्मत सम्भार सेवालाई सुदृढ बनाउन प्राविधिक जनशक्ति उत्पादन र वर्कसप स्तरोन्नतिमा कम्पनीले तयारी गरिसकेको उनले बताए ।

निजी मेकानिक्सहरूलाई समेत तालिम दिने कार्य अघि बढाइएको उल्लेख गर्दै उनले नयाँ प्रविधिमा सहज अनुकूलनका लागि सबै पक्षबिच सहकार्य अपरिहार्य रहेको धारणा राखे ।

त्यसैगरी, महासंघका अध्यक्ष बानियाँले स्वदेशी यातायात व्यवसाय संरक्षणका लागि नीति तथा नियमन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भारतीय सवारी साधनको निर्बाध प्रवेशले नेपाली व्यवसायमा असर परेको उल्लेख गर्दै यसको व्यवस्थापन र नियमनमा ध्यान दिन सरकारसमक्ष आग्रह गरे ।

विदेशी सवारीको बढ्दो प्रयोगले स्वदेशी लगानी र रोजगारीमा असर परेको उनको भनाइ थियो ।

उनले २० वर्षे सवारी साधन विस्थापन नीतिप्रति पनि प्रश्न उठाउँदै नेपालको सन्दर्भअनुसार व्यावहारिक नीति आवश्यक रहेको बताए ।

साथै, नयाँ बीएस–६ प्रविधिका सवारी साधनहरूको प्रभावकारी प्रयोगका लागि निजी मेकानिक्सहरूलाई तालिम, देशभर स्तरीय वर्कसप विस्तार र सुलभ दरमा जेनुइन पार्ट्स उपलब्ध गराउन कम्पनीसँग आग्रह गरे ।

कार्यक्रममा टाटा मोटर्सका सवारी साधनले नेपाली बजारमा ओगटेको महत्वपूर्ण हिस्सा, आपूर्ति व्यवस्थामा पुर्‍याएको योगदान तथा सिप्रदी र महासंघबिचको लामो सहकार्यबारे पनि चर्चा गरिएको थियो । कार्यक्रममा व्यवसायी, सरकार र उपभोक्ताबिचको समन्वयमार्फत नेपालको यातायात क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने आवश्यकता औंल्याइएको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

वि.सं.२०८२ चैत ३० सोमवार १६:४१

समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा...

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

वि.सं.२०८२ चैत १६ सोमवार १७:२१

काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा...

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री बनेकी निशा मेहताले...

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले...

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:२४

काठमाडौं । नवनियुुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले...

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:०५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री...