back

घरदैलोमा सक्रिय अनुभवी नेता : ईश्वर पोखरेलको संयमित राजनीतिक यात्राको निरन्तरता

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक राजनीतिक यात्रामा निरन्तर सक्रिय रहँदै आएका नेता ईश्वर पोखरेल आज पनि राष्ट्रिय राजनीतिका एक अनुभवी, संयमी र समर्पित व्यक्तित्वका रूपमा परिचित छन् ।

नेकपा एमाले का वरिष्ठ नेताका रूपमा पोखरेलले लामो राजनीतिक संघर्ष, उतारचढाव र आन्दोलनका चरणहरू पार गर्दै आफ्नो पहिचान स्थापित गरेका छन्। राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको बताउँदै उनी सधैं धैर्य, संयमता र निरन्तरताको पक्षमा उभिने नेता मानिन्छन् ।

युवा अवस्थामै राजनीतिक चेतना बोकेका पोखरेलले २१ वर्षको उमेर पार गर्दै पूर्णकालीन भूमिगत राजनीतिक यात्रामा होमिएका थिए । २३ वर्ष पुग्दा नै उनी केन्द्रिय स्तरको जिम्मेवारीमा पुगेका थिए । सानो उमेरदेखि नै विचार, संगठन र आन्दोलनमा सक्रिय रहँदै आएका उनले त्याग, तपस्या र राजनीतिक संघर्षमार्फत लोकतान्त्रिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

लामो राजनीतिक यात्रामा थकान नमान्ने नेता पोखरेल हाल काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा जनताको बीचमा सक्रिय छन् । चुनावी अभियानका क्रममा उनी घरदैलो कार्यक्रममै व्यस्त देखिन्छन जनताका समस्या सुन्ने, आफ्ना एजेण्डा स्पष्ट रूपमा प्रस्तुत गर्ने र संवादमार्फत विश्वास जित्ने उनको शैलीलाई मतदाताले सकारात्मक रूपमा लिइरहेका छन् ।

पोखरेलको व्यक्तित्वको अर्को विशेषता भनेको उनको सरलता र शिष्ट व्यवहार हो । उनी कसैलाई पनि हेपेर नबोल्ने, सबैसँग समान व्यवहार गर्ने र नयाँ राजनीतिक शक्तिहरूलाई समेत सम्मानपूर्वक सम्बोधन गर्ने नेताका रूपमा चिनिन्छन् । यही कारणले उनी जनताको मनमा बस्न सफल भएका छन् ।

आजको संक्रमणकालीन राजनीतिक अवस्थामा अनुभव, संयमता र राष्ट्रिय दृष्टिकोण भएका नेता आवश्यक रहेको चर्चा भइरहेका बेला, धेरैका लागि ईश्वर पोखरेल त्यही आवश्यकताको प्रतीकका रूपमा उभिएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४५

काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका...

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस...

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४१

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको...

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:३९

भक्तपुर । बिहानको व्यस्त समय। राधेराधे चोकमा सवारीसाधनको लामो लाइन...

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

वि.सं.२०८३ साउन ६ बुधवार २०:४९

काठमाडौं । नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन,...

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

वि.सं.२०८३ साउन ६ बुधवार १८:२५

काठमाडौं । सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन...