back
nactional

ज्योति लाइफ इन्स्योरेन्सले पायो आइपिओ निष्काशनका लागि अनुमति

कर्पोरेट बजार – ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ६६ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको हो।

बोर्डले प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिए सँगै केहि दिनमै सार्वजनिक सूचना जारी गरेर बिक्री गर्न सक्ने छन्।

हाल कम्पनीको संस्थापक शेयर पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ३० करोड रुपैयाँ पुग्नेछ। जसमा सर्वसाधारण समुहको ३० प्रतिशत र संस्थापक समुहको ७०  प्रतिशत कायम हुनेछ। प्राथमिक शेयर निष्काशनका बिक्रि प्रवन्धक एनएमबी क्यापिटल रहेको छ।

बीमा समितिले जीवन बीमा व्यवसाय सञ्चालका लागि अनुमति दिएका १० जीवन बीमा कम्पनीहरु मध्ये ज्योति सहित तीन वटाले बोर्डबाट अनुमति पाएका छन्।

यस अगाडि अनुमति पाएका रिलायन्स र प्रभु लाइफले सर्वसाधारणका लागि शेयर जारी गरिसकेका छन्। दुबै को शेयर दोस्रो बजारमा सूचिकृत भएर कारोबार भैरहेको छ। बाँकी ७ वटा बीमा कम्पनीहरु पनि प्राथमिक शेयर निष्काशनको प्रकृयाँमा छन्।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १५:४७

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:४६

काठमाडौं। मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ...

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

वि.सं.२०८३ भदौ १ सोमवार ०८:०४

काठमाडौँ। सरकारले आफ्ना व्यवसायीक मागप्रति उदासीनता देखाएको आरोप लगाउँदै नेपाल...

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

वि.सं.२०८३ भदौ १ सोमवार ०७:४४

काठमाडौँ। नेपालमा तीव्र गतिमा अघि बढिरहेको अटोमोबाइल एसेम्ब्ली उद्योगलाई अब...

आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व मनाइँदै

वि.सं.२०८३ भदौ १ सोमवार ०७:२०

काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...