स्कोडा किलाकले भारत NCAP मा फाइभ–स्टार जित्यो, इन्ट्री–लेभल एसयूभीमा नयाँ सेफ्टी बेन्चमार्क
वि.सं.२०८२ माघ १ बिहीवार
काठमाडौं । स्कोडा इन्डियाको नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा किलाकले भारत NCAP क्र्यास टेस्टमा प्रतिष्ठित फाइभ–स्टार रेटिङ प्राप्त गर्दै सुरक्षामा नयाँ मापदण्ड स्थापित गरेको छ।
भारत NCAP परीक्षणमा सहभागी हुने स्कोडाको यो पहिलो मोडल हो, जसले ब्रान्डको सुरक्षाप्रतिको दृढ प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
किलाकले एडल्ट अक्युपेन्ट प्रोटेक्शनतर्फ ३०.८८ अंक र चाइल्ड अक्युपेन्ट प्रोटेक्शनतर्फ ४५.०० अंक हासिल गर्दै आफ्नो सेग्मेन्टमै सबैभन्दा सुरक्षित एसयूभीको पहिचान बनाएको छ। बेस भेरियन्टदेखि नै उपलब्ध ६ एयरब्याग र २५ भन्दा बढी एक्टिभ तथा प्यासिभ सेफ्टी फिचरले यात्रुको सुरक्षालाई प्राथमिकतामा राखिएको देखिन्छ।
बाल सुरक्षामा किलाकले उत्कृष्ट प्रदर्शन गरेको छ। फ्रन्टल अफसेट बारियर टेस्टमा पूर्ण अंक प्राप्त गर्नुका साथै १.५ र ३ वर्षका बालबालिकाका लागि गरिएको साइड–मुभिङ डिफर्मेबल बारियर टेस्टमा पनि शतप्रतिशत अंक हासिल गरेको छ।
यसअघि स्कोडा कुशाक र स्लाभियाले ग्लोबल NCAP मा फाइभ–स्टार प्राप्त गरिसकेका छन्। किलाकको यो उपलब्धिले स्कोडाको सेफ्टी लिगेसीलाई थप मजबुत बनाएको छ।
नेपालमा समेत किलाकप्रति चासो बढ्दै गएको छ। उच्चस्तरीय सुरक्षा, आधुनिक डिजाइन र उन्नत प्रविधिको संयोजनका साथ स्कोडा किलाकले नेपाली बजारमा इन्ट्री–लेभल एसयूभी सेग्मेन्टमा नयाँ बेन्चमार्क कायम गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित समय : १०:४८ बजे





















