back
himalayan life

एमएसआर बहुउदेश्यिय सहकारीको विशेष साधारणसभा सम्पन्न, नयाँ कार्य समिति चयन

काठमाडौ । ललितपुरको ढोलाहिटीमा प्रधान कार्यालय रहेको एमएसआर बहुउदेश्यिय सहकारी संस्थाले विशेष साधारणसभा सम्पन्न भगरेको छ । सहकारीले आज मंगलबार आफनो प्रधान कार्यालयमा शेयर सदस्यहरुको भब्य उपस्थीतिमा विशेष साधारणसभा सम्पन्न गरेको हो । सभाले सञ्चालक समितिबाट प्रस्तुत प्रतिबेदन पारित गर्दै नयाँ कार्य समिति चयन गरेको छ । सभाले अध्यक्ष शम्भुराम जोशीलाई बर्खास्त गर्दै नयाँ अध्यक्षमा महिला नेतृत्व चयन गरेको हो ।

सयौंको उपस्थीतिमा सम्पन्न भएको विशेष साधारण सभामा तत्कालिन अध्यक्ष शम्भुराम जोशीले आर्थिक अनियमितता गरेको र सो कारण उनलाई बर्खास्ती गर्नु परेकोबारे सभामा प्रस्तुत प्रतिबेदनमा उल्लेख छ । यद्यपी सभामा बोल्ने क्रममा शम्भुराम जोशीले आफुले कुनै किसिमको अनियमितता नगरेको जिकिर गरेका थिए । तर उपस्थीत शेयर सदस्य महानुभावहरुले जोशीको आलोचना गरेका थिए । उनकै कारण सहकारीमा बर्षौदेखि समस्या आएको र बचतको अपचलन उनैले गरेको उपस्थीत सदस्यहरुले बताएका थिए । सभामा प्रस्तुत प्रतिबेदनमा पनि अध्यक्ष शम्भुराम जोशीका तर्फबाट भएको आर्थिक कैफियतबारे उल्लेख गरिएको छ ।

सभाले अहिले तत्कालिन उपाध्यक्षको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो । सहकारी विभागमा सोको अध्यावधिक भएपछि विवरण सार्वजनिक गर्ने जनाइएको छ । सो सहकारीले अहिले बचतकर्ताहरुको करोडौं बचत रकम एक बर्ष यतादेखि फिर्ता गर्न सकेको छैन ।

झण्डै ४ हजार बचतकर्ता सदस्य रहेको सहकारीको ललितपुर ढोलाहिटीमा केन्द्रिय कार्यालय रहेको छ भने ललितपुरकै सातदोबाटो, चापाउगाउँ, लुभु, संख्खु, गोटिखेलमा लगायत ठाउँहरुमा सेवा केन्दहरुमार्फत कारोबार गर्दै आएको छ । सहकारीमा समस्या सिर्जना भएको दुइ बर्ष यता तलब नपाएपछि सेवा केन्द्रका धेरैजसो कर्मचारीहरुले काम छाडेका छन् । जनताको झण्डै १० करोड बचत रहेको बुझिएको सो सहकारीको आन्तरिक छानबिन समितिको प्रतिबेदन अनुसार ३ करोड भन्दा बढी रकम हिनामिना भएको बताइएको छ ।।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

वि.सं.२०८३ असार १० बुधवार १७:४५

काठमाडौं । राज्यले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका बृद्धि...

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

वि.सं.२०८३ असार १० बुधवार १२:२४

भोजपुर । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका...

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५५

काठमाडौं । कृषिप्रधान मुलुकको रुपमा रहेको नेपालमा वास्तविक उत्पादन क्षेत्र...

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५०

काठमाडौं । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन तथा...

नियमविपरीत चल्ने कोशी प्रदेशका १० सहकारी खारेज हुँदै, १५ दिने स्पष्टीकरण माग

नियमविपरीत चल्ने कोशी प्रदेशका १० सहकारी खारेज हुँदै, १५ दिने स्पष्टीकरण माग

वि.सं.२०८३ असार ३ बुधवार १०:०१

काठमाडौं । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...