back
Naima

नेपालमा उत्पादन भएको तोरीको तेल र जुत्ताको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै

भारतमा उत्पादन हुने तोरी तेलको तुलनामा नेपाली तेलको गुणस्तर राम्रो भएकाले दिनानुदिन माग बढ्दै छ।

पर्सा । नेपालमा उत्पादन भएका जुत्ता तथा चप्पल अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्दै गएका छन् ।
नेपालमा उत्पादन भएका स्पोर्ट सुज तथा छालाका जुत्ता गुणस्तरीय हुनुका साथै उपभोक्तालाई सस्तो पर्ने भएकाले विदेशी बजारमा नेपाली जुत्ताको माग बढ्दै गएको छ ।

देशको मुख्य व्यापारिक नाका वीरगन्जबाट पछिल्लो समय भारत तथा तेस्रो मुलुकतर्फ नेपालबाट जुत्ताको निर्यात करिब तीन गुणाले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो चौमासिकमा वीरगन्ज नाकाबाट ६ करोड रूपैयाको १ लाख ४६ हजार जोड जुत्ता निर्यात भएकोमा चालु आवको सोही अवधिमा २३ करोड रूपैंयाँका ५ लाख ८१ हजार जोडभन्दा बढी जुत्ता निर्यात भएको छ ।

नेपालमा उत्पादन भएको जुत्ता तथा चप्पल अन्यको तुलनामा गुणस्तरीय र सस्तो पर्ने भएकाले यसको माग दिनानुदिन बढ्दै गएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मात्रिका भट्टराईले जानकारी दिए ।

उनले गत आवको पहिलो चौमासिकको तुलनामा चालु आवमा १७ करोड मूल्य बढीका ४ लाख ३४ हजार जोडभन्दा बढी जुत्ताको निर्यात बढ्नुको मुख्य कारण माग बढ्नु नै भएको बताए ।

त्यस्तै, नेपालमा उत्पादन भएको तोरीको तेलको गुणस्तर अत्यन्त राम्रो र अन्य देशको तेलको तुलनामा सस्तो पर्न जानाले यसको निर्यात समेत बढ्दै गएको भन्सार अधिकृत भट्टराईले जानकारी दिए ।

वीरगन्ज नाकाबाट गत आवको पहिलो चौमासिकमा २४ लाख रूपैयाको ५ हजार ७ सय ८३ लिटर तेल निर्यात भएकोमा चालु आवको सोही अवधिमा ४३ करोड रूपैंयाँको २५ लाख ७ हजार ४ सय २५ लिटर तोरीको तेल निर्यात भएको उनले बताए ।

नेपालमा उत्पादन भएको तोरीको तेल सबैभन्दा बढी भारतमा निर्यात हुने गरेको भन्सार कार्यालयका कर्मचारीहरूले बताएका छन् । भारतमा उत्पादन हुने तोरी तेलको तुलनामा नेपाली तेलको गुणस्तर राम्रो भएकाले दिनानुदिन यसको माग बढ्दै गएको कर्मचारीहरूले बताएका छन् । त्यस्तै, नेपालबाट पछिल्लो समयमा भारत तथा तेस्रो मुलुकतर्फ हेभी सवारी साधनको निर्यात पनि बढ्दो छ । विदेशबाट नेपाल भित्रिएका डोजर तथा एक्साभेटरको निर्यात वीरगन्ज नाकाबाट बढेको छ ।

गत आवको पहिलो चौमासिकमा ४२ करोड मूल्यका १ सय १६ थान डोजर तथा एक्साभेटर निर्यात भएकोमा चालु आवमा ४७ करोड मूल्यका १ सय २२ थान हेभी सवारी साधन निर्यात भएको भन्सारले जनाएको छ ।

देशको प्रमुख व्यापारिक नाका वीरगन्ज हुँदै भारत तथा तेस्रो मुलुकतर्फ विभिन्न वस्तुको निर्यात १ सय ४४ प्रतिशतले बढेको छ । गत आवको पहिलो चौमासिकमा १३ अर्ब ६४ करोडका विभिन्न मालवस्तु निर्यात भएकोमा चालु आवको सोही अवधिमा ३३ अर्ब २१ करोडका मालवस्तु निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५३

काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा...

यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३९

काठमाडौं । यती डिस्टिलरी प्राइभेट लिमिटेडको आम्दानीमा सीमित ब्रान्डको उच्च...

र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३५

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको...

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...