back
himalayan life

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

भक्तपुर । दशैं नजिकिएसँगै भक्तपुरको सिर्जनानगरस्थित खुल्ला मैदानमा खसी, बोका र च्याङ्ग्राको व्यापार चहलपहल सुरु भएको छ ।

घटस्थापनाको दिनदेखि नै किसान तथा व्यापारीले विभिन्न स्थानबाट ल्याइएका खसी–बोका र च्याङ्ग्रा बिक्रीका लागि राखेका छन् ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट च्याङ्ग्रा ल्याएका व्यापारी सौगात श्रेष्ठका अनुसार यसपटक करिब पाँच सय च्याङ्ग्रा ल्याइएको छ भने अझै तीन–चार सय ल्याउने तयारी भइरहेको छ ।

उनले भने, ‘हामीले घटस्थापनाको दुई दिन अघिदेखि नै व्यापार सुरु गरेका हौं । ग्राहक भने फुलपातीतिरै बढ्छन् । अहिले फाट्टफुट्ट मात्र बिक्री भइरहेको छ ।’

श्रेष्ठले ल्याएको च्याङ्ग्राको खुद्रा मूल्य प्रतिकिलो १ हजार २५० तोकिएको छ । गतवर्ष १ हजार ३५० सम्ममा बिक्री भएको भए पनि यसपटक मूल्य केही घटेको उनले बताए । ‘लगानी अहिलेसम्मै दुई करोड पुगेको छ । अझै थपिँदै जाँदा तीन–चार करोड पुग्छ होला,’ उनले भने

यसैगरी, धादिङबाट खसी ल्याएर व्यापार सुरु गरेका युवराज कार्की पहिलोपटक व्यवसायमा होमिएका हुन् । उनले हालसम्म २२ वटा खसी बिक्री गरिसकेका छन् । कार्कीका अनुसार गाउँमा किसानसँग प्रतिकिलो ५६० मा किनिएको खसी काठमाडौं आइपुग्दा तौल घट्ने भएकाले घाटा बेहोर्नुपरेको छ ।

‘यहाँ ७५० मा बिक्री गर्ने गर्छौं तर पहिलोपटक भएकाले खासै फाइदा भएको छैन,‘ उनले भने । साथै, सिर्जनानगरमा कर तिर्नुपर्ने भएपनि नगरपालिका पक्षबाट आधारभूत सुविधा नपाएको गुनासोसमेत उनले सुनाए । ‘न त खोरको व्यवस्था छ, न त शौचालय । बाहिरबाट पशु ल्याउँदा गाडी भाडा पनि महँगो पर्छ,’ कार्कीको भनाइ छ ।

उता, जोमसोमबाट करिब ६० वटा च्याङ्ग्रा ल्याएका व्यापारी ध्रुव सिलवालले भने दशैंको मुख्य दिनतिर व्यापार तात्ने विश्वास व्यक्त गरे । ‘फुलपातीदेखि अष्टमीसम्म च्याङ्ग्रा सटेज नै हुन्छ । अहिले त व्यापार हुने अवस्था छैन ।’ उनका अनुसार अहिले प्रतिकिलो १ हजार २५० मा बिक्री भइरहेको च्याङ्ग्राको मूल्य मागअनुसार १ हजार ४ सयसम्म पुग्ने सम्भावना छ ।

४० वर्षदेखि च्याङ्ग्रा व्यवसाय गर्दै आएका सिलवालले यसपटक दुई करोड भन्दा बढी लगानी गरेको बताए । ‘खाद्यान्नमा खसी पनि छैन, भेडा–च्याङ्ग्रा पनि छैन । त्यसैले यो पटक व्यापार सटेज हुने देखिन्छ,’ उनले भने । दशैं नजिकिँदै जाँदा भक्तपुरमा पशु बजारमा चहलपहल बढ्दै गएको छ । व्यापारीहरूका लागि यो समय जोखिमपूर्ण भए पनि अवसरले भरिएको मानिन्छ । ग्राहकतर्फ भने प्रारम्भिक दिनमा शिथिलता देखिए पनि फुलपाती नजिकिँदै जाँदा बजार थप रौनकिलो हु

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी

बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी

वि.सं.२०८३ असार १६ मंगलवार १६:०२

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) नेपालको दुग्ध क्षेत्रको इतिहास...

डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको ऐतिहासिक सफलता

डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको ऐतिहासिक सफलता

वि.सं.२०८३ असार १६ मंगलवार १५:४८

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १६ मंगलवार १३:०९

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ...

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...