कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८२ भदौ २३ सोमवार

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिकवर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश(करसहित) गरी जम्मा र १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित समय : १८:३८ बजे