back
skip this gaugauma singhadarbar

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

काठमाडौं । पशुपति आइरन एण्ड स्टील प्रा. लि. को आम्दानीमा केही वृद्धि भए पनि नाफा भने निरन्तर दबाबमा रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा करिब १३ प्रतिशतले बढेर २ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को २ अर्ब ७८ करोड रुपैयाँ सँग तुलना गर्दा थोरै सुधार भए पनि नाफा भने कमजोर देखिएको छ ।

पशुपति आइरन एण्ड स्टीलको सञ्चालन नाफा मार्जिन २०८१÷८२ को पहिलो नौ महिनामा ३.३ प्रतिशत मात्र रह्यो, जुन अघिल्लो वर्ष २०८०/८१ मा पनि उस्तै थियो । यो २०७७/७८ मा ७.२ प्रतिशत रहेको अवस्थाबाट क्रमशः घट्दै आएको हो ।

उच्च कार्यशील पूँजी आवश्यकताले, ऋणमा बढ्दो निर्भरता र नेपालकै खण्डित इस्पात उद्योगमा कडा प्रतिस्पर्धाले कम्पनीको नाफामा दबाब बढाएको छ । कम्पनीको ऋण÷सञ्चालन नाफा अनुपात २०८१ को चैतमा १७.६ गुणा पुगेको छ, जुन २०८० मा ९.५ गुणा र २०७९ मा ३.९ गुणा मात्र थियो ।

यस्ता चुनौतीबीच पनि, कम्पनीले आफैं उत्पादन गर्ने बिलेट युनिट (मिल्टीङ प्लान्ट) बाट केही लागत फाइदा उठाइरहेको छ र लामो अनुभव तथा वितरण सञ्जाललाई निरन्तर उपयोग गर्दै आएको छ । उद्योग विशेषज्ञहरूको भनाइमा, लागत व्यवस्थापन र उत्पादनमा विविधीकरण गर्न सक्ने क्षमताले कम्पनीको नाफा भविष्यमा सुधार गर्न निर्णायक भूमिका खेल्नेछ ।


कनेक्ट आईपीएसको शुभयात्रा अफर

कनेक्ट आईपीएसको शुभयात्रा अफर

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३४

काठमाडौं । यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस...

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १८:२७

काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १०:४८

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड...

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

वि.सं.२०८२ भदौ १९ बिहीवार १४:४८

काठमाडौं । बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी र...

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सेवा सुरु

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सेवा सुरु

वि.सं.२०८२ भदौ १८ बुधवार १०:१८

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी...

इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो

इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो

वि.सं.२०८२ भदौ १८ बुधवार ०९:२५

काठमाडौं । सरकारले आगामी १ असोजदेखि सवारी साधनहरुमा अनिवार्य रूपमा...