back
skip this gaugauma singhadarbar

अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२५ को अगस्तमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको हो ।

बोर्डको तथ्यांक अनुसार भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट ७ हजार ५३३ अर्थात ८.५, अमेरिकाबँट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत, श्रीलंकाबाट ५ लाख ९५६ अर्थात ६.७ प्रतिशत र बंगलादेशबाट ४ हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् ।

सन् २०२५ को जनवरीदेखि अगस्तसम्म ८ महिनाको अवधिमा सात लाद ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् ।

बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली (सार्क)मुलकबाट ४७ हजार १३७ पर्यटक अर्थात ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात १२।६ प्रतिशत र ओसनियाबाट २ हजार ४३५ अर्थात २.७ प्रतिशत पर्यटक भित्रिएका छन् ।

त्यसैगरी अमेरिकाबाट ७ हजार २९३ अर्थात ८।२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात १।१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट ३ हजार ६४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।

कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशस् पुनर्रुत्थानको क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बताएका छन् । उनले भने, ‘भारतबाट एयर इण्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको संख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौं ।’


अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

वि.सं.२०८२ भदौ २५ बुधवार १२:५७

काठमाडौं । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशव्यापी रूपमा परिचालन...

नेपाली सेनाले गर्‍यो संयमता अपनाउन अपिल

नेपाली सेनाले गर्‍यो संयमता अपनाउन अपिल

वि.सं.२०८२ भदौ २४ मंगलवार १८:१६

काठमाडौं । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा...

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

वि.सं.२०८२ भदौ २४ मंगलवार १४:३३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्...

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वि.सं.२०८२ भदौ २३ सोमवार १७:१४

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते...

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (फाेटाे)

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (फाेटाे)

वि.सं.२०८२ भदौ २३ सोमवार १५:५७

जेन-जी प्रदर्शनकारी नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पसेका छन् । उनीहरू...

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

वि.सं.२०८२ भदौ १९ बिहीवार १६:२७

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन...