back

तमोर करिडोरमा बढ्यो चहलपहल,  यातायात र व्यवसायमा सहजता

nactional life

पाँचथर । पूर्वी पहाडलाई तराई तथा काठमाडौंसँग छोटो दूरीमा जोड्ने गरी निर्माण थालिएको तमोर करिडोर सडकका कारण त्यस क्षेत्रका बासिन्दालाई यातायातमा सहजता बनाउनुका साथै व्यापार–व्यवसाय गर्न सहज बनाएको छ ।

सुनसरीदेखि धनकुटा, पाँचथर हुँदै ताप्लेजुङसम्म जोडिने तमोर करिडोर सडक २०७५ देखि निर्माण थालिएको थियो । पाँचथरको गणेश चोकदेखि धनकुटाको मूलघाट हुँदै सुनसरीको चतारासम्म दुई लेनको सडकको ट्रयाक खोल्ने काम सम्पन्न भसकेको छ भने ८० प्रतिशत खण्डमा ग्राभेल सम्पन्न भएको छ । हाल सम्म ११२ किमी सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएर केही खण्डमा काम थालिएको छ ।

यस सडकका कारण स्थानीयलाई मेची तथा कोसी राजमार्ग हुँदै धरान तथा धनकुटा पुग्दा तमोर करिडोरको सडकभन्दा दोब्बर गुना लामो यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

सोही करिडोर अन्तर्गत धनकुटाको मुलघाटमा भेटिएका बीर्ख बहादुर केरुङले मेची राजमार्ग अर्थात बिर्तामोडको बाटोभन्दा यो बाटो करिब ५/६ घण्टा छोटो पर्ने भएकाले यात्रामा सहज बनाएको बताए। धरान जान यो बाटो एकदमै छोटो भएको उनले बताए ।

सोही करिडोरमा होटल व्यवसाय सञ्चालन गरेका धनकुटाको साँघुरीगढीका दिलकुमार लिम्बुले तमोर करिडोरका कारण आफूले कृषि छाडेर व्यवसाय सुरु गरेको बताए । ‘यो बाटो नबन्नु भन्दा अगाडि चाहिँ म कृषि गर्थें, खेतीपाती गर्दै बस्थेँ । अब यो बाटो आएर चाहिँ यहाँ सानो घडेरी किनेर होटल व्यवसाय सुरु गरेँ । बाटो निस्केपछि हामीलाई धेरै सहज भएको छ । होटल व्यवसाय राम्रै चलिरहेको छ । अब गाडीहरूको आवतजावत धेरै बढीरहेको छ,’ उनले भने ।

सोहि करिडोरहुँदै गुड्ने यातायातका साधनका कारण उनको होटल राम्रै चलिरहेको भनाइ छ । ‘यस रुटमा चल्ने गाडीहरू सबै आउँछन्, लगभग दिनमा ५०–६० वटा आउँछन्, भनौँ न, गाडीहरूको आवतजावत बाक्लै हुन्छ र प्राय सबैले खाना खाजा खान आउँछन् ।’ करिडोर हुँदै गुड्ने गाडीहरुको चाप बढेसँगै सडक छेउछाउमा घर भएकाहरुले व्यापार व्यवसाय गरेर राम्रो आम्दानी गरिरहेको उनले सुनाए ।

ग्राबेल स्तरको ट्रयाक खुलेपछि सडक क्षेत्रमा चहलपलह बढ्दै गएको, जग्गा किनबेच बढेको साथै गाँउका मान्छे सडक किनारातिर आएर व्यवसाय गर्न थालेको स्थानीयको भनाइ छ ।

करिडोरलाई नै आधार बनाएर विभिन्न गाँउ जाने सडक बन्ने र नयाँ खुल्नेक्रममा पनि छन् । करिडोरमा भने कालोपत्रे र ठाउँ ठाउँमा पुल निर्माणको काम बाँकी छ ।

भारत र चीनसँग जोड्ने छोटो मार्गको रुपमा समेत हेरिएको यस करिडोरले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा सडक सञ्जाल विस्तार गरी आर्थिक विकास, व्यापार, स्वास्थ्य, शिक्षा जस्ता सेवा प्रवाहमा सहजता ल्याउने लक्ष्य राखिएको छ । सडक सामारिक, आर्थिक, पर्यटकीय हिसाबले निक्कै महत्पूर्ण मानिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १ सोमवार १२:४३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल...

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ...