back

दराजको ‘डिल्स हेरेको हेर्यै’ सुरु : ६० प्रतिशत सम्म छुट, बेस्ट प्राइस ग्यारेन्टि र १ करोडभन्दा बढी भौचर

nactional life

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित ‘डिल्स हेरेको हेर्यै’ अभियान सुरु गरेको छ। श्रावण २३ देखि २९ गते (अगस्ट ८–१४, २०२५)सम्म सञ्चालन हुने यो विशेष किनमेल महोत्सवमा ग्राहकले ६० प्रतिशतसम्म छुट, १ करोड १० लाख रुपैयाँबराबरको भौचर, निःशुल्क डेलिभरी लगायतका अफर पाउनेछन्।

यस अभियानको प्रमुख आकर्षण ‘फ्ल्याश सेल’ हुनेछ, जसमा सेटाफिल, अस्टावल्फ, नाइक, ब्लेस अनलाइनजस्ता प्रतिष्ठित ब्रान्डका उत्पादनहरू दैनिक अद्यावधिक मूल्यमा उपलब्ध हुने दराजको दाबी छ। कम्पनीले फ्ल्याश सेल सेक्शन नियमित जाँच गर्न ग्राहकलाई सुझाव दिएको छ।

ग्राहक–मैत्री योजनाअन्तर्गत दराजले ‘बेस्ट प्राइस ग्यारेन्टि’ पनि लागू गरेको छ। यसमा कुनै वस्तु नेपालभित्रको अन्य अनलाइन प्लेटफर्ममा अझ सस्तो पाइएमा, सर्त पुरा भए मूल्य अन्तरको दोब्बर रकम फिर्ता गरिनेछ।

अभियानमा छनोट गरिएका उत्पादनमा निःशुल्क होम डेलिभरी सुविधा पनि उपलब्ध छ। न्यूनतम ४९९ रुपैयाँको खरिद गरेपछि सम्बन्धित विक्रेताबाट निःशुल्क डेलिभरी पाउन भौचर दराज एपमार्फत लिन सकिनेछ।

स्वास्थ्य, सौन्दर्य, फेसन, अडियो, वेयरेबल्स, फर्निचर, घर सजावटलगायतका उत्पादनमा छुटका साथ, आवश्यक सामग्रीहरूमा समेत उल्लेखनीय बचतको अवसर रहनेछ। दराजका अनुसार, यो अभियान केवल अफर र छुटमा सीमित नभई, सहज भुक्तानी, छरितो डेलिभरी र भरपर्दो रिटर्न प्रणालीमार्फत सम्पूर्ण किनमेल अनुभवलाई उन्नत बनाउने उद्देश्य राखिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।...

श्रम बजार सुधारमा नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : महासंघका उपाध्यक्ष पाण्डे

श्रम बजार सुधारमा नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : महासंघका उपाध्यक्ष पाण्डे

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले...

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको...

स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना

स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२०

काठमाडौं । सरकारले स्टार्टअप उद्यमको दर्ता, सञ्चालन र व्यवसाय विस्तार...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ...

इप्पानको २४औं साधारणसभा तथा आठौं अधिवेशन जेष्ठ २९ गते, विधान संशोधनबारे विवादको खण्डन

इप्पानको २४औं साधारणसभा तथा आठौं अधिवेशन जेष्ठ २९ गते, विधान संशोधनबारे विवादको खण्डन

वि.सं.२०८३ जेठ २५ सोमवार १४:२०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी...