back

कियाले सुरु गर्यो नाडा अटोमोबाइल एक्स्पो २०२५ मा “किया फेस्टिभ ड्राइभ” अभियान

काठमाडौं । किया कार नेपालका आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ एण्टरप्राइजेज प्रा.लि. ले यस वर्षको चाडपर्व उत्सवलाई लक्षित गरी “किया फेस्टिभ ड्राइभ” अभियान सुरु गरेको छ।

यस अभियानअन्तर्गत ग्राहकहरूले छानिएका किया मोडेलमा रु १० लाखसम्मको क्यासब्याक र १ वर्षको निःशुल्क समग्र बीमा सुविधा पाउन सक्नेछन्। नाडा एक्स्पो २०२५ को अवसरमा मात्र उपलब्ध हुने विशेष पर्व छुटहरू पनि दिइएको छ।नाडा मोबिलिटी एक्स्पो आगामी अगस्ट ६ देखि १० सम्म भृकुटीमण्डप, काठमाडौं (हल बी, स्टल आर फोर) मा आयोजना हुँदैछ जहाँ ग्राहकहरूले किया कारका नयाँ मोडेलहरू प्रत्यक्ष अवलोकन गर्न र विशेष अफरहरूको लाभ उठाउन सक्नेछन्।

किया कारहरूमा आधुनिक प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनको संयोजन पाइन्छ, जसले आधुनिक चालकहरूको मोबाइलिटी अनुभवलाई नयाँ आयाम दिएको छ। “किया फेस्टिभ ड्राइभ” अभियानले ग्राहकहरूलाई नयाँ शैली र मूल्यवान अवसरसहित अघि बढ्न प्रेरित गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

यस अवसरमा नजिकैको किया शोरुममा पुगेर वा नाडा अटो शोमा आएर यो विशेष अवसरको फाइदा लिन कम्पनीले आम सर्वसाधारणलाई आग्रह गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

वि.सं.२०८३ साउन ११ सोमवार ०९:३८

काठमाडौं । भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको विद्युतीय ब्रान्ड...

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

वि.सं.२०८३ साउन ५ मंगलवार १३:५५

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन...

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

वि.सं.२०८३ साउन ५ मंगलवार १३:४६

काठमाडौं । प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...