back
himalayan life

एमच्याम नेपाल र परिसंघको सहकार्यमा अमेरिकामा टेक पीक नेपालः ओर्लान्डो सम्पन्न

काठमाडौँ । अमेरिकन चेम्बर अफ कमर्स ९एमच्याम० नेपाल र उद्योग परिसंघ (सीएनआई)को संयुक्त पहलमा अमेरिकामा ओरलान्डो र इमर्ज अमेरिका मियामी प्रविधि सम्मेलनमा ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ सम्पन्न भएको छ ।

त्यसअवसरमा एमच्याम नेपालले नेपालका आईटी तथा आईटीईएस कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउन आउटसोर्सिङ क्षेत्रको सबैभन्दा ठूलो भेला ‘सेयर्ड सर्भिसेस् एण्ड आउटसोर्सिङ वीक (एसएसओडब्लू) सम्मेलन २०२५’ र मियामीमा आयोजित इमर्ज अमेरिकामा सहभागिता जनाएको छ ।

कूल ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा सातवटा विभिन्न कम्पनीका प्रतिनिधिहरू सहभागी भएको एमच्यामले जनाएको छ । जसमा पीडब्ल्यूसी, इन्फोसिस, क्यापजेमिनी, कोग्निजन्ट, विप्रो, एसएपीलगायत ठूला अमेरिकी कम्पनीहरूसँग प्रत्यक्ष सम्पर्क गर्दै नेपाललाई सूचना प्रविधि आउटसोर्सिङको उदाउँदो गन्तव्यका रूपमा प्रस्तुत गरिएको थियो ।

सम्मेलनमार्फत नेपालको सूचना प्रविधि क्षेत्रको सम्भावनालाई विश्वसामु चिनाउँदै अमेरिकी कम्पनीहरूलाई नेपाली कम्पनीसँग जोड्ने उद्देश्य रहेको एमच्याम नेपालले जनाएको छ । एआई इनोभेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेम्स डोनोभानले प्रदर्शनीमा रहेका अधिकांशले नेपाली प्रतिनिधिमण्डललाई रणनीतिक साझेदारका रूपमा हेरेको बताए । उनले नेपाली कम्पनीहरूले देखाएको सीप, क्षमता र प्रतिभाको प्रशंसा समेत गरेका थिए ।

एमच्याम नेपालका संस्थापक अध्यक्ष तथा सीएनआई आईटी काउन्सिलका प्रमुख एवं प्रतिनिधिमण्डलका नेतृत्वकर्ता अजीतविक्रम शाहले नेपाललाई बीपीओ, केपीओ, आईटी, आईटीईएस तथा अन्य उद्योगहरूका लागि नेपाल केन्द्र बन्न सक्नेमा जोड दिए । उनले भने, “यस कार्यक्रमले नेपाल विश्वका विभिन्न मुलुकमा सेवा निर्यातका लागि बन्न सक्ने आधार देखाएको छ,
यसप्रकारका पहलले थप अवसरहरू सिर्जना गर्न सहयोग गर्छ, निजी क्षेत्र र नेपाल सरकारबीचको सहकार्यमार्फ अन्तर्राष्ट्रिय साझेदारीहरूलाई बलियो बनाउन सकिन्छ ।

एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले एमच्याम नेपाल र परिसङ्घबीचको सहकार्यले नेपालको सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम स्थापित गरेको बताउनुभयो । यस रोडशोले सिर्जना गरेका अवसरहरूले नेपालमा थप लगानी र सहकार्यका ढोका खोल्ने र नेपाललाई आउटसोर्सिङका लागि प्रमुख गन्तव्य बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रदर्शनीमा नेपाली प्रतिनिधिमण्डलले विभिन्न बहुराष्ट्रिय कम्पनीका वरिष्ठ अधिकारीहरूसँग भेटघाट गर्दै नेपालको सूचना प्रविधि उद्योगको सम्भावनाबारे छलफल गरेका थिए ।

सन् २०२४ देखि सुरु भएको टेक पीक नेपालले सूचना प्रविधि क्षेत्रको समग्र आर्थिक वृद्धिलाई सशक्त बनाउने प्लेटफर्मका रूपमा काम गरिरहेको छ । यसले नेपाललाई समावेशी आर्थिक वृद्धिका लागि आईसीटी साझेदारका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको एमच्यामको भनाइ छ । सम्मेलनमा ६० देशका प्रतिनिधिहरू सहभागी थिए ।

प्रदर्शनीमा ओर्लान्डो इकोनोमिक पार्टनरसिपका डेरेक एम्फ्रे तथा फ्लोरिडा राज्य सरकारका अधिकारीहरूसँग महत्वपूर्ण बैठकहरू भएका थिए । इमर्ज अमेरिकाका व्यावसायिक प्रमुख टिजे विलामिलले नेपाली टोलीलाई पर्यवेक्षकका रूपमा आमन्त्रण गरेका थिए ।

एमच्याम नेपालका महाप्रबन्धक अमिर थापाले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै नेपाली सूचना प्रविधि उद्योगको प्रवद्र्धनमा अझ प्रभावकारी कदम चालिने बताए । “आगामी दिनमा पनि एमच्यामले यसप्रकारका अवसर उपलब्ध गराउनेछ, यो आर्थिक रुपमा सम्पन्न हुने अवसर पनि हो”, उनले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

वि.सं.२०८३ असार ११ बिहीवार २२:०९

काठमाडौँ । विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा,...