back
nactional

राष्ट्रबैंकको गभर्नर पनि बिचौलियाले फुत्काउने खेल सुरु

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको नयाँ गभर्नर नियुक्तिको दिन नजिकिँदै गर्दा नयाँ ट्वीस्ट र खेलहरु हुन थालेका छन् । पछिल्लो समय सरकारले गर्ने प्रमुख नियुक्तिहरुमा बिचौलियाको बोलवाला
चलिरहेको बेला गभर्नरमा समेत नियुक्तिको मिति नजिकिँदै गर्दा बिचौलियाहरु हाबी हुन थालेका हुन् ।

नेपाल राष्ट्रबैंकको गभर्नरमा योग्य र उपयुक्त पात्रहरुलाई पछि पार्ने गरी बिचौलिया समूहले पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको नाम लिएर चलखेल सुरु गरेको हो । यसले गभर्नर नियुक्तिको खेलमा नयाँ मोड ल्याउनसक्ने देखिएको छ ।

देशमै चिनिएको बिचौलिया दीपक भट्ट समूहले केही व्यवसायिक घराना र प्रतिष्ठानको सहयोग लिएर अहिले राजेन्द्रकिशोर क्षेत्रीलाई गभर्नर बनाउनुपर्ने भन्दै ठूलो सहयोग रकम संकलन गरिरहेको एक औद्योगिक घरानाका प्रतिनिधिले जानकारी दिएका छन् । दीपक जीहरुले राजेन्द्र क्षेत्रीलाई गभर्नर बनाउनुपर्ने भयो र त्यसका लागि विभिन्न शक्तिकेन्द्रहरुलाई रिझाउन भन्दै हामीसँग पनि सहयोग
माग्नुभएको थियो । हामीअनुकुल मान्छे गभर्नरको रुपमा आउने हो भने ठीकै हो भनेर हामीले पनि सहयोग गरेका छौं ।’ ती उद्योगीले भने- धितोपत्र बोर्ड, बीमा प्राधिकरणजस्तै नेपाल राष्ट्रबैंकको
गभर्नरमा समेत उहाँहरु नै हाबी हुने अवस्था देख्दैछु म । हामीलाई त काम गर्न सहज मान्छे भयो भइगो नि ।’ अन्य व्यापारिक घरानाहरुमा समेत दीपक भट्ट समूहले रकम उठाइरहेको छ ।

राजनीतिक दलका नेताहरुलाई ५० करोड रुपैयाँ नदिई हामीअनुकूल गभर्नर नआउने भए’ भन्दै धमाधम रकम उठाइएको स्रोतहरुले बताएका छन् । बिचौलिया समूहले विभिन्न व्यापारिक तथा औद्योगिक घरानालाई समातेर सहयोग नै उठाउन थालेपछि गभर्नर नियुक्तिको खेलले नयाँ मोड लिनसक्ने सम्भावना बढेको छ ।

गभर्नर बन्ने दौडमा राष्ट्रबैंकका दुई डेपुटी गभर्नर, दुई कार्यकारी निर्देशक, वाणिज्य बैंकका तीन सीईओ पनि रहेका छन् । नेपाल सरकारको आर्थिक सल्लाहकारको भूमिकामा रहेको राष्ट्रबैंकलाई हाँक्ने गभर्नरको रुपमा बिचौलियाले कब्जा गरेको अवस्थामा देशको अर्थतन्त्र थप डामाडोल हुने त्रास उत्पन्न भएको छ । बिचौलियाहरुले आफूले पैसा उठाएर खर्च गरेर ल्याएको गभर्नरले उनीहरु अनुकूल नीति ल्याउँछ, सोहीअनुसार काम गर्छ । जसले गर्दा मुलुकको अर्थतन्त्रमा
नराम्ररी गम्भीर धक्का पर्नसक्ने सम्भावना बढेको छ ।

१.बिचौलियाले राजेन्द्र क्षेत्रीलाई बोकेपछि गभर्नर नियुक्ति खेलमा गोलमाल
२.पूर्व मुख्यसचिव क्षेत्रीलाई बिचौलियाले गभर्नरको रुपमा अगाडि सारे, ५० करोडको खेल
३.राजेन्द्र क्षेत्रीलाई गभर्नर बनाउने भन्दै बिचौलियाले व्यापारीहरुबाट पैसा उठाउन थाले, खेलमा नयाँ ट्वीस्ट
४.राष्ट्रबैंकको गभर्नर नियुक्तिमा चलखेल, ५० करोड खर्च गरेर राजेन्द्र क्षेत्रीलाई ल्याउने बिचौलियाको दाउ

को हुन् बिचौलियाले बोकेका क्षेत्री ?
राजेन्द्र किशोर क्षेत्री छोटो समयकै लागि भए पनि नेपाल सरकारको मुख्य सचिव भइसकेका पूर्व प्रशासक हुन् । ५८ वर्षे उमेर हदका कारण २०७४ असार २९ गते मुख्यसचिव बनेका उनी २०७४ साल कात्तिक ६ गते अवकाश भएका थिए ।

उनी परराष्टमन्त्री तथा कांग्रेस नेतृ आरजु देउवा निकट पनि मानिन्छन् । मुख्यसचिवबाट अवकास भएपछि उनी केही व्यापारिक घरानामा परामर्शदाताको रुपमा काम गर्दै आएका छन् । पछिल्लो समय केन्द्रीय बैंकको गभर्नरजस्तो पदमा अर्थसचिव पनि नभएको पूर्व प्रशासकलाई ल्याउन नहुनेमा तीव्र दवाब सिर्जना भइसकेको थियो । चौतर्फी विरोधका कारण उनको गभर्नरसम्मको यात्रा असहज बनिरहेकै बेला बिचौलिया र पैसाको प्रवेशले नयाँ ट्वीस्ट आउने सम्भावना बढेको हो ।

बिचौलियाले बोकेका क्षेत्री अर्थशास्त्र, नेपालको ऊर्जा तथा जलस्रोत, राष्ट्रिय तथा अन्यर्राष्ट्रिय कानुन, कर, बिमा र भौतिक पूर्वाधारका क्षेत्रका जानकार हुन् । उनले सहकारी, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, ऊर्जा मन्त्रालयको सचिवका रूपमा काम गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

वि.सं.२०८३ भदौ १ सोमवार २०:२८

काठमाडौं । वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा...

विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

वि.सं.२०८३ भदौ १ सोमवार १५:५१

काठमाडौं । सर्वसाधारणको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने...

विद्युत उत्पादनसँगै आन्तरिक खपत र प्रसारण पूर्वाधार सुदृढीकरणमा सरकारको प्राथमिकता

विद्युत उत्पादनसँगै आन्तरिक खपत र प्रसारण पूर्वाधार सुदृढीकरणमा सरकारको प्राथमिकता

वि.सं.२०८३ भदौ १ सोमवार १५:४४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत...

सीजी सिमेन्टको ९ महिनाको सञ्चालन आम्दानी २ अर्ब ५९ करोड

सीजी सिमेन्टको ९ महिनाको सञ्चालन आम्दानी २ अर्ब ५९ करोड

वि.सं.२०८३ भदौ १ सोमवार १५:४२

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिले चालू...

‘जीवित एक्स्पो २०२६’ सम्पन्न: स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

‘जीवित एक्स्पो २०२६’ सम्पन्न: स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

वि.सं.२०८३ भदौ १ सोमवार १३:१०

काठमाडौँ । वाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा शनिवार...

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १२:५८

काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा आर्थिक वर्ष २०८२/८३ को...