back

भारतमा एकै दिनमा झण्डै साढे दुई लाख सङ्क्रमित, ३७ सयको मृत्यु

nactional life

काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् ।

सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । त्यसैगरी सोही अवधिमा अरु तीन हजार ७४१ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो एक दिनमा भारतमा तीन लाख ५५ हजार १०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयको विवरण अनुसार नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाखभन्दा बढी रहेको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुइ करोड ६५ लाख ३० हजार १३२ रहेको छ जसमध्ये २८ लाख पाँच हजार ३९९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख ९९ हजार २६ पुगेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भने अहिलेसम्म दुई करोड ३४ लाख २५ हजार ४६७ पुगेको छ ।

कोरोनाभाइरसबाट अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा महाराष्ट्र राज्यलाई कर्नाटकले उछिनेको छ । यसअघि लामो समयसम्म सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको राज्यमा महाराष्ट्र राज्य रहँदै आएको थियो ।

अहिले कर्नाटक राज्यमा चार लाख ८३ हजार २०४ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने महाराष्ट्र राज्यमा तीन लाख ५२ हजार २४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतमा अहिलेसम्म ३२ करोड ८६ लाख सात हजार ९३७ पटक कोरोना परीक्षण गरिएको छ । ती मध्ये २१ लाख २३ हजार ७८२ जनाको शनिबार परीक्षण गरिएको हो ।

कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान पनि भारतमा तिव्ररुपमा भइरहेको छ । संघीय स्वास्थ्य मन्त्रालयले अहिलेसम्म १९ करोठ ५० लाख चार हजार १८४ खोप उपयोग भएको जनाएको छ ।
भारतमा एकातिर खोप अभियान चलिरहेको छ भने अर्को तर्फ दैनिक हजारौको मृत्यु र लाखौँ सङ्क्रमित हुने क्रम पनि चलिरहेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोनाभाइरसको संक्रमणबाट हालसम्म ३४ लाख ६८ हजार पुगेको छ । कोभिड–१९ बाट सर्वाधिक असर परेका मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल र भारत रहेका छन् ।

प्राप्त विवरण अनुसार संयुक्तराज्य अमेरिकामा हालसम्म ६ लाख ३ हजार, ब्राजिलमा ४ लाख ४८ र भारतमा २ लाख ९९ हजारको ज्यान गएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:२५

काठमाडौं । कन्सुलर सेवा विभागद्वारा कन्सुलर सेवा प्रवाहलाई थप सहज,...

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

वि.सं.२०८३ जेठ १२ मंगलवार १६:४१

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका १६ लाख नागरिकको विपद्...

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

वि.सं.२०८३ जेठ १२ मंगलवार १४:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार...

काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन...

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...