back

अनुसन्धान प्रक्रियालाई गुणस्तरीय बनाउन आधुनिक प्रविधिको अधिकतम उपयोग : मुख्यमन्त्री सिंह

nactional life

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अपराध अनुसन्धान प्रक्रियालाई गुणस्तरीय, प्रभावकारी र परिणाममुखी बनाउन आधुनिक प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग तथा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामद्वारा आयोजित अपराध अनुसन्धानसम्बन्धी समस्या र समाधान विषयक प्रदेशस्तरीय समीक्षा गोष्ठीमा मुख्यमन्त्री सिंहले अपराध अनुसन्धानको सुक्ष्मता, सघनता, तीव्रता र तटस्थता आवश्यक रहेको औंल्याएका हुन् ।

उनले भने, ‘सही न्याय सुनिश्चित गर्न अनुसन्धान पद्धति वैज्ञानिक र आधुनिक बनाउन आवश्यक छ ।’ मुख्यमन्त्री सिंहले बदलिँदो समयमा अपराधका प्रकृति जटिल बन्दै गएकाले अनुसन्धान कार्यलाई प्रविधिमैत्री बनाउनुपर्ने उल्लेख गरे । अनुसन्धान प्रक्रियामा चुक हुँदा निर्दोषले सजाय भोग्ने र दोषी उन्मुक्ति पाउने अवस्थाले न्याय प्रणालीमै प्रश्न उठ्न सक्ने भएकाले अनुसन्धानमा थप सुधार आवश्यक रहेकोे बताए ।

‘प्रदेश सरकार प्रहरीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउन प्रतिबद्ध छ, उनले भने, ‘नेपाल प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउन हामी हरसम्भव सहयोग गर्छौं।’ मुख्यमन्त्री सिंहले मधेश प्रदेशका आठ वटै जिल्लामा भइरहेको अपराध अनुसन्धान प्रक्रियाको गहन समीक्षा गरी कमजोरी हटाउन आवश्यक रहेको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...