back

कमलराज राई स्मृति पत्रकारिता पुरस्कार स्थापना, सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपालको पत्रकारिता क्षेत्रमा करिब दुई दशक योगदान गरेका स्वर्गीय कमलराज राईको स्मरणमा नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ ।

यस पुरस्कार स्थापना एवं व्यवस्थानका लागि नेपाल पत्रकार महासंघ काठमाडौं शाखा र पुरस्कार कोष निर्माणार्थ गठित अक्षयकोष निर्माण समितिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याल, सचिव रमेश कुमार बोहोरा र अक्षयकोष निर्माण समितिको तर्फबाट समितिकी संयोजक एवं स्व. पत्रकार कमराज राईकी धर्मपत्नी लालसरा राईले हस्ताक्षर गरेकी हुन् ।

यस पुरस्कारका लागि समितिको तर्फबाट संयोजक राईले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष अर्याललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेकी छन् । सम्झौतापत्रअनुसार ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’ कोषको व्यवस्थापन सञ्चालनको सम्पूर्ण कार्य नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गर्नेछ ।

उक्त कोषको मूल पुँजी रकम खर्च नगर्ने र ब्याजबापत आउने ७५ प्रतिशत रकमबाट काठमाडौं शाखाको प्रत्येक तीन वर्षमा हुने अधिवेशनका अवसरमा एक जना क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कारका लागि पत्रकार छनोट गर्ने कार्य महासंघ काठमाडौं शाखाले आफ्नो कार्यविधिबमोजिम स्वतन्त्ररुपमा गर्नेछ । कोषमा भएको मूल पूँजीबाट आउने व्याजमध्ये ७५ प्रतिशत पुरस्कारमा खर्च गरी र बाँकी २५ प्रतिशत सोही कोषमा जम्मा गर्दै जाने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

वि.सं.२०८३ वैशाख २० आइतवार २३:००

काठमाडौं । सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने नेपाली भू-भाग कालापानी, लिपुलेक...

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने...

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५०

काठमाडौं । सरकारले बागमती नदी र यसका सहायक नदी किनारका...

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

वि.सं.२०८३ वैशाख २० आइतवार ११:१८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ मध्ये...

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...