back
Naima

मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली माविलाई

रामेछाप । मन्थली नगरपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि मन्थली माविले जितेको छ ।

शुक्रबार साँझ सम्पन्न भएको खेलमा मन्थली माविले सबैभन्दा धेरै पदक जितेर उपाधि प्राप्त गरेको हो ।

बुधबारबाट सुरु भएको खेलमा मन्थली माविले ३१ स्वर्ण, २५ रजत, १५ कांस्यसहित ७१ वटा पदक जितेर प्रथम भएको मन्थली नरपालिका खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले जानकारी दिए ।

२० वटा माध्यमिक विद्यालयले भाग लिएको प्रतियोगितामा तामाकोशी बोर्डिङ स्कुल दोस्रो भएको छ ।तामाकोशी बोर्डिङ स्कुलले १७ स्वर्ण १२ रजत, १८ कांस्य गरी ४७ वटा पदक जितेको छ ।
यसैगरी ६ स्वर्ण, ८ रजत, ६ कांस्यसहित २० पदक जित्दै कर्कला देवी बोर्डिङ स्कुल (केब्स) आकाशेले तेस्रो भएको छ ।

प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ७ कांस्यसहित १४ पदक जितेर निलकण्ठेश्वर माविले चौथो स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा ६ वटा विधाका ६६ स्वर्ण, रजत र कांस्य पदकका लागि ६ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा भलिबल, कबड्डी, उसु, तेक्वान्दो, कराँते र ऐथ्लेटिक्स खेल समावेश गरिएको थियो ।

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेको खेलका विजेता खेलाडीहरूलाई नगर प्रमुख श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझी लगायतले शिल्ड, मेडल, ट्रफि र प्रमाणपत्रसहित नगद पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, यस्तै, दोस्रो हुनेले नगद २५ हजार र तेस्रो हुनेले नगद १५ हजार प्राप्त गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:३६

काठमाडौँ। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न...

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०४

काठमाडौं। काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको...

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

वि.सं.२०८३ साउन २१ बिहीवार २०:२७

रौतहट । सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने...

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि...

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख भ्रष्टाचारको मुद्दा दायर

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख भ्रष्टाचारको मुद्दा दायर

वि.सं.२०८३ साउन १९ मंगलवार १९:२५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन...

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

वि.सं.२०८३ साउन १३ बुधवार १५:०३

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक...