back

इन्जिनियरहरुले बदमासी गरे एनभिएले कारबाही गर्छ: अध्यक्ष महतो

काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)ले मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धि गर्ने उद्देश्यसहित ३ दिने तालिम सम्पन्न गरेको  छ।

राजधानीको एक होटलमा शुक्रबारदेखि संचालन गरिएको सो तालिम आइतबार समापन गरिएको हो ।

नेपाल ईन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा.डा.पदम बहादुर शाहीको प्रमुख आतिथ्य र एनभिएका अध्यक्ष ई.सञ्जय कुमार महतोको सभापतित्वमा उक्त तालिम सुरु भएको थियो भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललगायत समापन कार्यक्रममा सहभागी थिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै एनभिएका अध्यक्ष ई.सञ्जय कुमार महतोले भ्यालुयर्स इन्जिनियरहरुले बदमासी गरे एनभिएले कारबाही गर्ने चेतावनी दिए । उनले राम्रो कामको समर्थन,सहयोग र नराम्रो काम गरेमा विरोध मात्र होइन आवश्यक परे कारबाही गर्ने समेत बताए ।

इन्जिनियरहरुले अन्जानमा गरेको गल्तीलाई एनभिएले समर्थन गर्दै होस्टेमा हैसे गर्ने पनि स्पष्ट पारे । तर बैंकसँग मिलेर जनताको पैसामाथि खेलवाड गरेमा भने संस्थाले साथ नदिने पनि दोहोह्राए ।

त्यसैगरी,राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले बैंक,वित्तिय संस्था बदमास भए इन्जिनियरहरुलाई सहयोग नगर्न आग्रह गरे । “कर्जा प्रवाह गर्ने उद्देश्य राखेर बदमासी तरिकाले काम गर्छन् भने तपाईहरु त्यसको सहयोगी नभइदिनुस्”–उनले आग्रह गरे । इन्जिनियरहरुको मनिटरिङ इन्जिनियरिङ काउन्सिलले गर्ने कुरा मस्यौदाको रुपमा पेश गरेको जानकारी दिंदै उनले त्यसबारे निर्णय कार्यान्वयन हुन बाँकी रहेको बताए ।

यस्तै,कार्यक्रममा बोल्दै वरिष्ठ प्रशिक्षक ई.देवेन्द्र कुमार श्रेष्ठले पछिल्लो समयमा नयाँ पुस्ता अत्यन्तै अल्छी भएको आरोप लगाए । सक्रिय भएर नयाँ टेक्नोलोजी मैत्री बन्न पनि प्रत्येक इन्जिनियरहरुलाई सुझाव दिए ।

एनभिएका उपाध्यक्ष एवं तालिम,प्रकाशन र अन्तर्राष्ट्रिय विभाग प्रमुख ई.दिनेश कुमार पाठक र ई.शुसिल कुमार अमात्य कार्यक्रमको प्रमुख प्रशिक्षक थिए भने एनभिएका उपाध्यक्ष एवं तालिम,प्रकाशन र अन्तर्राष्ट्रिय विभाग प्रमुख ई.पाठकले कार्यक्रमको संयोजन समेत गरेका थिए । कार्यक्रमको सञ्चालन भने एनभिएका महासचिव अशोक सिलवालले गरेका थिए ।

ईन्जिनियरहरुको क्षमता बृद्धिका लागि एशोसिएशनले आयोजना गरेको विशेष कार्यक्रमले भ्यालुयर्स इन्जिनियरहरुको दक्षता,ज्ञान र सिप अभिबृद्धि भई काममा थप कुशलता आउने पनि विश्वास लिएको एनभिएका सचिव रबिन्द्र अधिकारीले बताए । सो तालिममा ३० जना इन्जिनियरहरु सहभागी रहेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

वि.सं.२०८३ साउन ६ बुधवार १०:२१

काठमाडौं । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको...

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

वि.सं.२०८३ साउन ६ बुधवार १०:१७

काठमाडौं । भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया...

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०९

विराटनगर । तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...