back

दराज १.१ न्यु इयर मेगा सेलस् आकर्षक छुटका साथै २ करोड बराबरको भउचर

काठमाडौं । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको नयाँ वर्षको स्वागतार्थ, १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ ।

१.१ न्यू इयर मेगा सेल, १० पौष २०८१ देखि २१ पौष २०८१ सम्म चल्ने जानकारी दिइएको छ। यस मेगा सेल मार्फत नयाँ बर्षको भब्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशत सम्म छुट सहितको विशेष फ्ल्याश सेल डिलहरू, र २ करोड बराबरको भाउचरहरू समेत उपलब्ध गराउने बताएको छ।

दराजको १.१ न्यू इयर मेगा सेल मार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा रु ४,००० सम्मको छुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ ।

गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको, दराज १.१ न्यू इयर मेगा सेल, उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै, नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।

मेगा सेल, केवल छुटहरूमा मात्र सिमित नभएको र यस मार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिल मार्फत ६० प्रतिशत सम्म छुटका साथै बजेट बाइज् अन्तर्गत ६९९, ९९९, र १,९९९ भित्रको विशेष अफरहरूको मज्जा समेत लिन सक्नेछन् ।

दराजले आफ्ना सम्मानित ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ । १.१ सेलको अवधिभर, ग्राहकहरूले दराज एपमा कार्ड मार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन्

– ११ पौष (बिहीवार) एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (७५० सम्म) को लाभ उठाउन सक्नेछन् ।

(१२ पौष (शुक्रवार) एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १० प्रतिशत छुट (५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।

(१३ पौष (शनिवार) हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट ( ५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।

वर्षको अन्त्यमा सबैका लागि केहि न केही आकर्षक छुट बोकेको उत्कृष्ट अनलाइन सेल आउँदै गरेको बताउँदै दराजले उपभोक्तालाई आफ्नो क्यालेन्डरमा २५ डिसेम्बरमा चिन्ह लगाउन अनुरोधपनि गरेको छ ।

दराज १.१ न्यू इयर मेगा सेलबारे थप जानकारीका लागि, कृपया दराज नेपालको फेसबुक पेज हेर्नुहोस् वा दराज एप ब्राउज गर्नुहोस् ।

सन् २०१५ मा स्थापित दराज, दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । दराजले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा प्रदान गर्दछ । कम्पनीले ५० करोड जनसंख्या भएको तीव्र रूपमा बढ्दो क्षेत्रलाई लक्षित गर्दै अत्याधुनिक बजार प्रविधि उपलब्ध गराउँदै आइरहेको छ ।

ई(कमर्स, लजिस्टिक्स, भुक्तानी र वित्तीय सेवाहरूको एकीकृत पूर्वाधार निर्माण गरेर, दराजले विशिस्त व्यक्तिगत किनमेल अनुभव प्रदान गर्न र दक्षिण एशियाली समुदायहरूको आर्थिक विकासमा सहयोग पु¥याउने लक्ष्य राखेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३९

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

सामान्य बढ्यो सुनचाँदीको मूल्य

सामान्य बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८३ वैशाख ३ बिहीवार १२:२३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९बिहीबार०का लागि विदेशी मुद्राको...

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:२८

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति...

३ लाख नाघ्यो सुनको मूल्य

३ लाख नाघ्यो सुनको मूल्य

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१५

काठमाडौं । नयाँ वर्ष २०८३ को दोस्रो कारोवार दिन नेपाली...