back
nactional

मेट लाइफले सार्वजनिक गर्यो नयाँ बोनसदर, बीमितले ७५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको बीमाङ्‌कीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखमा लागू हुने गरी बोनसदर सार्वजनिक गरेको हो।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुुसार अग्रीम भुक्तानी बीमा योजना (थ्री पेमेन्ट प्लान) मा बीमितले बीमा अवधि अनुसार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस पाउने भएका छन्।

यस योजनामा कम्पनीले १ देखि १५ वर्षको बीमा अवधिमा ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिलाई ५५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको बीमा अवधिको योजनामा ६५ रुपैयाँ बोनस दिने भएको हो।

त्यस्तै कम्पनीले सावधिक जीवन बीमा योजनाको १ देखि १५ वर्षे बीमा अवधिमा ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ६५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको अवधिको बीमा योजनामा ७५ रुपैयाँ अधिकतम बोनस दिने जनाएको छ।

कम्पनीले अर्को बीमा योजना शिक्षा संरक्षण बीमामा पनि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। जसमा १ देखि १५ वर्ष अवधिको योजनामा ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको योजनामा ६५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको बीमा योजनामा ७५ रुपैयाँ बोनस दिने जनाएको छ।

यी बोनसदर मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरूमा लागू हुने कम्पनीले बताएको छ।

साथै अर्को बीमाङ्‌कीय मूल्याङ्‌कन अनुसार नेपाल बीमा प्राधिकरणबाट नयाँ बोनसदर स्वीकृत नभएसम्म यही बोनसदर लागू हुने कम्पनीले स्पष्ट पारेको छ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा भने कम्पनीले न्युनतम ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । यस बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ५५ रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

कम्पनीले सबैभन्दा धेरै १ देखि १५ वर्ष अवधिको यस बीमालेख १० हजार २ सय ८६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनश प्राप्त गर्ने छन्

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट...

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:३३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४...

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

वि.सं.२०८३ भदौ १ सोमवार २२:१५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मनिष...

पाल्पाको तानसेनमा एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

पाल्पाको तानसेनमा एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

वि.सं.२०८३ भदौ १ सोमवार २०:५३

पाल्पा । एभरेस्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

वि.सं.२०८३ भदौ १ सोमवार २०:४३

काठमाडौं । नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत...