back

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध, उपाध्यक्षमा रेग्मी

nactional life

काठमाडौँ । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध भएका छन् । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतको संस्थाको रूपमा रहेको संघमा आगामी कार्यकालको लागि अध्यक्षमा कोइरालाको एकल उम्मेदवारी परेको हो ।

त्यस्तै, संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका सुरेन्द्र रेग्मी चयन भएका छन् ।

संघमा अध्यक्ष, उपाध्यक्ष र आठजना सदस्य रहने व्यवस्था छ । बहालवाला पछिल्लो पूर्व अध्यक्षलाई निवर्तमान अध्यक्षको हैसियतमना अध्यक्षपछिको दोस्रो वरियताक्रममा राख्ने गरिएको छ । यसपटकको साधारणसभाबाट अध्यक्षमा कोइराला नियुक्त हुने भएसँगै उक्त पद खाली हुन लागेको हो । सो पदमा सुरेन्द्र रेग्मी चयन भएका हुन् ।

त्यस्तै, नेपाल एसबीआई बैंकका दीपकुमार डे पनि बिदा हुँदैछन् । त्यसबाहेक एक सदस्य अहिले खाली छ । उक्त ठाउँमा नेपाल बैंकका तिलकराज पाण्डे र कुमारी बैंकका रामचन्द्र खनाल निर्विरोध भएका छन् ।अहिले संघका सदस्य रहेका प्रभु बैंकका अशोक शेरचन, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम बैंकका सञ्जीव मानन्धर, एभरेस्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दर प्रसाद कँडेल हिमालयन बैंकका अशोक राणा कायमै रहनेछन् ।

उम्मेदवारीका लागि आजसम्म मनोनयन दर्ता गर्ने समय थियो । संघको साधारणसभा बुधबार हुँदैछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

वि.सं.२०८३ जेठ २४ आइतवार १६:१८

काठमाडौं । नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन...

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

वि.सं.२०८३ जेठ १५ शुक्रवार १०:५२

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३५

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत...

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०१

काठमाडौँ। नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका...

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरद्वारा पदभार ग्रहण

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरद्वारा पदभार ग्रहण

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:१२

काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार बैंकको...

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी...