नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो
वि.सं.२०८१ पुस १ सोमवार
काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ ।
नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । नेपालले भोलि भारतसँग खेल्ने छ ।
नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । त्यसअघि सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् । १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो ।
पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर पछि १०४ रन बनाएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् ।
पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ ।
प्रकाशित समय : १५:५३ बजे






















