नेप्से सूचक ४३ अंकले बढ्दा साढे ५ अर्बको शेयर कारोबार
वि.सं.२०८१ असोज ३० बुधवार
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ।
नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.५८ प्रतिशतले बढेर ४९३.९८ विन्दुमा अडिएको छ।
दशैँपछिको दोस्रो कारोबार दिन आज ५ अर्ब ६६ करोड २ लाख २७ हजार ७३७ रुपैयाँ बराबरको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिन्छ जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ ।
हाइड्रोपावर २.१३ प्रतिशतले बढेको छ। आज विजय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.३३ प्रतिशतले बढेको छ भने इष्ट्रन पावरको ९.२४ प्रतिशत र समता घरेलु लघुवित्तको ८.६२ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै गरि स्यांगे हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने मिड सोलु हाइड्रोपावरको ५.५४ प्रतिशत र मिथिला लघुवित्तको ४.५५ प्रतिशतल घटेको छ।
आज नेपाल फाइनान्सको सबैभन्दा धेरै १५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यसैगरी हिमालयन रि इन्स्योरेन्सको १५ करोड ४ लाख र एनआइसी एशिया बैंकको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
प्रकाशित समय : १५:३९ बजे





















