सानिमा लिमिटेडको ७५.७४ प्रतिशत नगद लाभांश घोषणा
वि.सं.२०८१ असोज २१ सोमवार
काठमाडौं । सानिमा लिमिटेडले आइपीओ प्रस्तावसहित कार्तिक १४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ। कम्पनीले सभामा आफ्ना शेयरधनीहरूलाई ७५.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यसैगरी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा छन् ।
सभा कम्पनीको रजिष्टार्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित समय : ११:०२ बजे






















