back
nactional

दसैँ तिहारमा खाद्यान्न अभाव नहुने

बाजुरा । यस वर्ष यहाँ दसैँ तिहारमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा, मार्तडी र कोल्टी शाखामा मागअनुसार खाद्यान्न मौज्दात रहेकाले यस वर्ष विगतमा जस्तो खाद्यान्न अभाव नहुने जनाइएको छ ।

मार्तडी शाखामा चार हजार र पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकास्थित कोल्टी शाखामा दुई हजार ३०० क्वीन्टल चामल मौज्दात रहेकाले दसैँ तिहारमा खाद्यान्नको कमी नहुने शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले जानकारी दिए ।

उनले विगतमा जस्तो खाद्य अभावका कारण कतिपय नागरिकले महँगो चामल किन्न बाध्य हुने अवस्था यसपटक नआउने बताए । “वर्षायाममा सडकबाटो बन्द हुने हुँदा ढुवानी समस्याले यहाँ हरेक चाडपर्वमा खाद्यान्नको चरम अभाव हुने गरेको थियो । यस वर्ष ठेकेदारले समयमै खाद्यान्न ढुवानी गरेको र माग अनुसारको खाद्यान्न आएकाले चामल अभाव हुने सम्भावना न्यून छ”, भण्डारीले भने ।

शाखा कार्यालय मार्तडीमा चार हजार क्वीन्टलमध्ये अरुवा मोटो चामल दुई हजार १०६, अरुवा सोना चामल एक हजार ६८५ र जिरा मसिनो चामल दुई सय २५ क्वीन्टल मौज्दात रहेको जनाइएको छ ।

यस्तै, कोल्टी डिपो कार्यालयमा दुई हजार ३०० क्वीन्टल चामलमध्ये अरुवा मोटो एक हजार ९६९, सोना मन्सुली २०२ क्वीन्टल र जिरा मसिनो १५१ क्वीन्टल चामल मौज्दात रहेको छ ।

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । दसैँ तिहारलगायत चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।

सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याए पनि सुदूरपश्चिममा भने केही ढिला गरी सञ्चालन गरिएको उनले बताए । सुपथ मूल्य पसलमा चामलमा प्रतिकिलो रु ५ छुट दिएर बिक्री वितरण गर्न थालिएको छ ।

जिल्लाभरी चार हजार क्वीन्टल चालम बिक्री गर्ने अनुमति दिएकाले आगामी चार महिना अर्थात आगामी माघ २ गतेसम्म सञ्चालन हुनेछ । यहाँ प्रतिव्यक्ति एक बोरा मात्रै चामल खरिद गर्न सकिने र सम्बन्धित व्यक्तिले नागरिकता नम्बर वा फोन नम्बर अनिवार्य उपलब्ध गराउनुपर्ने नियम लगाइएको छ । हाल सोना मोटा चामलको प्रतिकिलो रु ६०, अरुवा मोटा ५९ र जिरा मसिनो ८७ मा बिक्री वितरण भइरहेको छ ।

मुक्तिकोट, कवाडीका नागरिकलाई समस्या

जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट र हिमाली गाउँपालिकाको कवाडीमा कम्पनीको अस्थायी बिक्री केन्द्र छ । यहाँ समयमा खाद्यान्न ढुवानी नहुँदा नागरिकले सहुलियत दरमा खाद्यान्न लिनका लागि एक दिन पैदलयात्रा हिँडेर कोल्टी डिपोमा धाउनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

कवाडी बिक्री केन्द्रमा करिब सात महिना र मुक्तिकोटमा तीन महिनादेखि खाद्यान्न आपूर्ति हुन सकेको छैन ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार १४:०४

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७...

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३६

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८३ भदौ २ मंगलवार ११:२५

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ...

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:३४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...