back
nactional

वृज सिमेन्टले ९ महिनामै गर्यो १ अर्ब १९ करोडको व्यापार

काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिजले ९ महिनामा सवा अर्बको व्यापार गरेको छ । केडिया र भारतीय कम्पनी शान्त सिमेन्टको स्वामित्वमा रहेको वृज सिमेन्टले सन् २०२४ को ९ महिनामा सो बराबरको व्यापार गरेको हो ।

इक्रा नेपालका अनुसार ९ महिनामा कम्पनीले १ अर्ब १८करोड रुपैयाँ बराबरको व्यापार गरेको हो । कम्पनीले ५७ महिनामा अर्थात् सन् २०२१ देखि हालसम्म आइपुग्दा भने ८ अर्ब ८१ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ ।

सन् २०२१ मा कम्पनीले कुल २ अर्ब ९९ करोड ९० लाख रुपैयाँ व्यापार गरेको थियो । त्यसपछि कम्पनीको व्यापारमा निरन्तर गिरावट देखिएको छ ।

सन् २०२२ भने कम्पनीको व्यापार २ अर्ब ४९ करोड ९० लाख रुपैयाँमा सिमित भएको छ । गत वर्ष आइपुग्दा कम्पनीले २ अर्ब १२ करोड २० लाख रुपैयाँ बढीको व्यापार गरेको थियो ।

वृज सिमेन्ट इन्डस्ट्रिज सन् २००० मा स्थापना भएको हो । हाल कम्पनीले प्रतिदिन १२०० टन ग्राइन्डिङ क्षमताका लागि अनुमित पाएको छ ।

कम्पनीमा केडिया समूहको ५० प्रतिशत र बाँकी ५० प्रतिशत स्वामित्व भारतीय कम्पनी शान्ता सिमेन्ट प्रालिको रहेको छ ।

पन्देही जिल्लाको गोनाहामा उद्योगमा रहेको ब्रिजले मुख्यत दुई ब्रान्ड नाममा ओपिसि सिमेन्ट, पाँच ब्रान्ड नाममा पिपिसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । यस्तै, एक ब्रान्ड नाममा पीएससी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।

हाल कम्पनीले ८९ करोड ५३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले २८ अर्ब ५४ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि एल बि प्लस रेटिङ दिएको छ । यस्तै, ६० करोड ९९ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार १४:०४

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७...

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३६

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८३ भदौ २ मंगलवार ११:२५

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ...

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:३४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...