back
nactional

अपर तामाकोशीले विद्युत् बिक्री गरेर कमायो पौने ९ अर्ब, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको नोक्सानी घटेको छ् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा अपर तामाकोशी २ अर्ब ६८ करोड ६८ लाख १९ हजार रुपैयाँ नोक्सानमा छ । जबकि अघिल्लो वर्ष (२०७९/८०) यसै अवधिमा तामाकोशीले ४ अर्ब ९ करोड ८२ लाख १४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

आयोजना निर्माण सम्पन्नको अवधि बढ्दै गएपछि आयोजनाको लागत पनि बढेको छ । यसको असर खुद नाफामा परेको छ । खुद नाफामा अझै केही आर्थिक वर्षसम्म असर रहिरहने कम्पनीले जनाएको छ ।

विद्युत् बिक्रीबाट तामाकोशीले ८ अर्ब ७५ करोड २० लाख ९१ हजार रुपैयाँ कमाएको छ । तामाकोशीको विद्युत् बिक्रीबाट हुने आम्दानी ७.९३ प्रतिशतले बढेको हो ।

यसको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक छ । हालसम्म यसको लङ ट्रम लोन १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ भन्दा धेरै छ । यसको सेयर मूल्य प्रतिकित्ता २५४.९० रुपैयाँमा दोस्रो बजारमा कारोबार भइरहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:३४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल सेवा दिन साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल सेवा दिन साझेदारी

वि.सं.२०८३ भदौ १ सोमवार २२:०८

काठमाडौं । नेपालको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल र...

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

वि.सं.२०८३ भदौ १ सोमवार २०:२८

काठमाडौं । वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा...