एनी श्रेष्ठले मिस भक्तपुर डिभाको ताज पहिरन सफल
वि.सं.२०८१ साउन १३ आइतवार
काठमाडौं । एनी श्रेष्ठले मिस भक्तपुर डिभाको ताज पहिरन सफल छिन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम चरणमा ११ प्रतियोगिलाई पछि पार्दै श्रेष्ठ बिजेता बनेकी हुन् ।
प्रतिस्पर्धामा विजेता बनेकी श्रेष्ठले मिस भक्तपुर डिभाको ताज संगै ५० हजार नगद र विभिन्न आकर्षक पुरस्कार प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा प्रत्युशा सुवेदी फस्ट रनर अप र माला रिजाल सेकेन्ड रनर अप बन्न सफल भएका छन् । कार्यक्रममा विविध सबटाइटल अवार्डहरुसमेत वितरण गरिएको थियो ।
मध्यपुर थिमिस्थित थिमि ब्याङ्कैटमा सम्पन्न प्रतियोगितामा १७ देखि २४ उमेर वर्ष उमेर समुहका युवतीहरुले प्रतिस्पर्धा गरेका थिए ।
उनीहरुको शारिरीक, बौद्धिक एवं सांस्कृतिक पक्षहरूको मूल्यांकन गर्दै निर्णायक मण्डलको निर्णयअनुसार बिजेता घोषित गरिएको आयोजक भर्सिनो नेपालका सजग पोखरेल र गोर्खाज इन्टरप्राइजेजका सञ्चालक राधा कार्कीले बताएकी छिन् ।
सुमी बानियाको कोरियोग्राफी र मुस्कान श्रेष्ठको डिजाइनमा सम्पन्न प्रतियोगितामा प्रदिप बोहोरा, विधि लम्साल, निमेष कपाली लगायतले निर्णायकको भूमिका निर्वाह गरेका थिए । साथै भक्तपुर चाँगुनारायण निबासी सामाजिक अभियान्ता रबिन्द्र दाहालले सेकेण्ड रनर अपको ताज पहिराइदिनु भयको थियो।

स्पोर्टस एण्ड फिटनेस सर्भिस, समृद्धि कलेजले प्रायोजन गरेको प्रतियोगिताको फ़ाइनलमा भक्तपुर–२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको प्रमुख आतिथ्यता र बरिष्ठ कलाकार निर शाहको विशेष आतिथ्यता रहेको थियो ।
उनीहरुले यस्ता प्रतियोगिता आत्मविश्वास र प्रतिभा प्रस्फुटनमा सहयोगी सिद्ध हुने र मोडलिङ्ग लगायतका क्षेत्रमा करिअर बनाउन पनि मद्दत मिल्ने बिश्वास व्यक्त गरे ।
प्रकाशित समय : १४:४६ बजे






















