back
nactional
Naima

पत्रकार सुशान्त न्यौपाने शिक्षा पुरस्कारद्वारा सम्मानित

काठमाडौं । ‘शैक्षिक सर्वोत्कृष्टताका निम्ति एकता’ भन्ने आशयलाई मूल मन्त्र बनाएको निजी विद्यालय सङ्घ(ओप्स)ले फरकपत्रका प्रधानसम्पादक सुशान्त न्यौपानेलाई नगद सहित सम्मान गरेको छ ।

सामुदायिक विद्यालय सुधार अभियन्ता न्यौपानेलाई शैक्षिक गुणस्तर उन्नयनमा निरन्तर योगदान गरे बापत उनलाई यो पुरस्कार प्रदान गरिएको ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले बताए । उक्त कार्यक्रममा एसईई- २०८० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, विद्यालय तथा शिक्षकलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् शिक्षा विकास तथा समन्वय इकाई काठमाडौँका प्रमुख विचारीप्रसाद अधिकारीले सम्पूर्ण उपस्थित व्यक्तित्वहरूप्रति कृतज्ञता ज्ञापन गरे । काठमाडौँ जिल्लाले यसपटक ८६.८७ % विद्यार्थीहरू उत्तीर्ण गरेको र ९४ जना विद्यार्थीले ४ जीपीए हासिल गरेको आँकडा पेस गर्दै यसमध्ये आठ जना ओप्स सम्बद्ध २३ विद्यालयका मात्र रहेको उनको भनाइ थियो । अधिकारीले आयोजकप्रति पनि आभार प्रकट गरे ।

ओप्सका अध्यक्ष लोकेन्द्र बहादुर खड्काले आफ्नो संस्थाअन्तर्गत रहेका सम्पूर्ण विद्यालयलाई अझ उत्कृष्ट नतिजा हासिल गर्न हौस्याए भने सम्बन्धित विद्यालयका शिक्षक, कर्मचारीलाई थप मेहनत गर्न उत्प्रेरित गरे । उनले शालीन शब्दमा सबैको संयुक्त प्रयासले मात्र नतिजा सुधार हुने बताए ।

काठमाडौँ प्याब्सनका अध्यक्ष प्रेमकुमार राईले कविता र कथाका माध्यमबाट विद्यार्थीलाई आफ्नो रूचिको विषय अध्ययन गरी उत्कृष्टता हासिल गर्न अभिप्रेरित गरे । उनले साउन २८ गते आयोजना हुने जिल्ला प्याब्सनको कार्यक्रममा सरिक हुन आमन्त्रण गरे । उनले सो कार्यक्रममा उत्कृष्ट विद्यार्थी र विद्यालयमात्र नभई महावीर पुनलगायत लब्ध प्रतिष्ठित व्यक्तित्वहरूलाई समेत सम्मान गर्ने उद्घोष गरे ।

काठमाडौँ प्याब्सनका वरिष्ठ उपाध्यक्ष नवराज भट्टले प्याब्सन जिल्लाले आयोजना गर्न लागेको कार्यक्रममा ओप्स सम्बद्ध विद्यालयले धेरै पुरस्कार हात पार्नेमा आफू ढुक्क रहेको भन्दै ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काको मुक्तकण्ठले सराहना गरे ।

कार्यक्रममा एसईईमा जीपीए-४ प्राप्त गर्ने प्रतिष्ठा के.सी. रिजन महर्जन, आलिया रिमाल, रस्मिता कोइराला, प्रकृति काफ्ले, प्रनिशा श्रेष्ठ, स्वीकृति उपाध्याय र रोमन श्रेष्ठलाई पाँच हजार रूपैयाँ नगदसहित सम्मान अर्पण गरियो ।

त्यसरी नै उत्कृष्ट शिक्षकहरू शाहबहादुर कुँवर, गोमा चालिसे, कविराज अम्गाई, नवराज भट्ट, सरिता पौडेल,  सिशल श्रेष्ठ, सृजना मगर, ध्रुबप्रसाद देवकोटा, महेन्द्र घिमिरे तथा दीपक भट्टराई पनि सम्मानित भए ।

त्यसैगरी उत्कृष्ट नतिजा हासिल गर्न सफल हिमरश्मि हाइस्कुल, प्रारम्भ वर्ल्ड स्कुल, मनास्लु पब्लिक सेकेन्डरी स्कुल, ग्रेडेड एजुकेसनल मेरिट स्कुल, विभूति विद्या मन्दिर एवम् फेरिल्यान्ड इन्टरनेसनल स्कुललाई पनि औसत उच्च अङ्क ल्याउने शैक्षिक संस्थाका रूपमा सम्मानित गरियो ।

त्यसैगरी ओप्सका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख राजेन्द्रप्रसाद फुयाँललाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा ओप्सका सल्लाहकारहरू रामबहादुर केसी तथा युवराज थापा अतिथिहरू विष्णुचन्द्र अधिकारी, रविन बस्नेत, धनबहादुर पुन, सुनिता सिंजापती, बद्री भट्ट, नवराज भट्ट, भूपाल गौतम, सञ्चारकर्मी सुशान्त न्यौपाने लगायत थिए ।

प्रमुख अतिथि विचारीप्रसाद अधिकारीले दीप प्रज्वलन गरी समुद्घाटन गरेको सो कार्यक्रममा ओप्सका सहसचिव रविन बस्नेतले उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण तथा समापन ओप्सका सचिव तथा कौशल इङ्लिस स्कुलका प्राचार्य शिवप्रसाद अर्यालले गरेका थिए ।

कार्यक्रममा धन्यवाद व्यक्त गर्ने सिलसिलामा तारकेश्वर प्याब्सनका अध्यक्ष तथा एन्जल्स हार्ट स्कुलका प्राचार्य धनबहादुर पुनले निजी विद्यालयले थुप्रै विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरे पनि श्रेय भने  स्थानीय तहले यसको  लिएकामा असन्तुष्टि प्रकट गर्दै आमन्त्रित व्यक्तित्वहरूलाई उपस्थित भइदिएकामा बधाई तथा धन्यवाद ज्ञापन गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

वि.सं.२०८३ भदौ १ सोमवार ०८:०४

काठमाडौँ। सरकारले आफ्ना व्यवसायीक मागप्रति उदासीनता देखाएको आरोप लगाउँदै नेपाल...

आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व मनाइँदै

वि.सं.२०८३ भदौ १ सोमवार ०७:२०

काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३१

काठमाडौं । देशभर प्रविधि शिक्षा र डिजिटल साक्षरता अभिवृद्धि गर्ने...

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...