back
Naima

थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १० लाख ९२ हजार २८९ जना आवेदकले १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ८७ हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् ।

माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो ।

गोलाप्रथाबाट बाँडफाँट गर्दा ६१ हजार ३१६ जनाले १०।१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । भाग्यमानी थप २ जनाले १।१ कित्ता थप गरी ११ कित्ता सेयर पाएका हुन् ।

कम्पनीले असार ५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले कुल कित्ता आईपीओमध्ये ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा, ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषमा र १४ हजार ७७५ कित्ता आईपीओ कर्मचारीका लागि बाँडफाँट गरिसकेको छ । बाँकी ६ लाख १३ हजार १६२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

वि.सं.२०८३ साउन २५ सोमवार १६:४५

काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन...

अप्पर सोलु हाइड्रोको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

अप्पर सोलु हाइड्रोको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३८

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड (USHEC) ले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...

भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:१५

काठमाडौं । देशको विद्युत् प्रणालीले आन्तरिक उत्पादनबाटै माग धान्दै अतिरिक्त...