सुपरमाई हाइड्रोपावरको आइपीओ बिक्री खुला
क-कस्ले दिन पाउँछन् आवेदन ?
वि.सं.२०७९ माघ २३ सोमवार
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले आज (माघ २३ गते) देखि सर्वसाधारणका लागि आईपीओ विक्री गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा भने आईपीओ विक्री गरिसकेको छ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूलाई विक्री गरेको हो ।
५ प्रतिशत दरको २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई समेत बाँडफाँट गरिएको कम्पनीको भनाई छ । अब २ प्रतिशत अर्थात् १० हजार कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ४ लाख १५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा गरेको हो ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आइपीओमा छिटोमा माघ २६ गतेसम्म र ढिलोमा फागुन ८ गतेसम्म विक्रीमा रहेमा छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ ।
विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
प्रकाशित समय : १०:५३ बजे





















