back

सेञ्चुरी कमर्सियल बैंकद्वारा पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंककाे बाह्रौ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई कुल पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएकाे छ ।

पुष १४ अथवा बिहीबारका दिन सम्पन्न भएको उक्त साधारण सभाको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा सम्पन्न भएको हो ।

सेञ्चुरी कमर्सियल बैंककाे आ.व. २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी रकम ८ अर्ब ४१ कराेड ५४ लाख ७१ हजार ५७६ रूपैयाँ ३० पैसामा ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसकासाथै साधारण सभाले सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने सम्झौंता समेत पारित गरेको छ । यस साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्व रूपैयाँ र कर्जा रकम ६६.९३ अर्व रूपैयाँ परिचालन गरी २२.०२ करोड रूपैयाँ मुनाफा आर्जन गरेको छ ।

 


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:२८

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:१३

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो...

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:०७

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो...

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४७

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले...

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४२

काठमाडौं । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:५२

काठमाडौँ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...