कृषि विकास बैंकको निमित्त सीईओमा प्रताव सुवेदी
वि.सं.२०७९ पुस ११ सोमवार
काठमाडौं । कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी प्रताव सुवेदीलाई दिइएको छ ।
सोमबार बिहान बसेको संचालक समितिको बैठकले सुवेदीलाई निमित्त सीईओको जिम्मेवारी प्रदान गरेको हो । उनी बैंकको चिफ अपरेशन अफिसर (डीजीएम) हुन ।
प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको कार्यकाल सकिएपछि सुवेदीलाई जिम्मेवारी प्रदान गरिएको बैंकले जनाएको छ ।
प्रकाशित समय : १४:३१ बजे






















