back

चिरिबाबुले नाक काट्ने प्रसंग निकालेपछि यस्तो आयो नेताहरुको जवाफ

nactional life

ललितपुर। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नाक काट्ने प्रसंग झिकेपछि पार्टीभित्रको घात अन्तर्घातको आरोप प्रत्यारोपसँगै बिबाद सतहमा देखिएको छ ।

न्वनिर्वाचित मेयर महर्जनले आफूले स्थानीय निर्वाचन टिकट पाउने सन्दर्भमा पार्टीभित्रबाटै टिकट ल्याएर देखाए आफूले नाक काट्ने उद्घोष गरेको खुलासा गरे । उनले भने, ‘फेरि आफूले टिकट पाएपछि पार्टीका साथी जितेको खण्डमा नाक काट्ने भन्दै हिँडेका थिए । अहिले कसरी सास फेर्लान् । सिगान कसरी पुछ्लान् ।’

उनले पार्टीको स्कुलिङ कमजोर भएको बताउँदै नाक काट्छु भन्दै हिड्ने नेताले आफूलाई भोट दिए त भन्दै प्रश्न उठाए ।

जिल्ला नेतृत्वको गलत निर्णयका कारण मेयर महर्जनले आफूसँगै ११ जना वडाध्यक्षले जितेको भन्दै टिकट वितरणमा गढबढी भएको बताए । उनले भने, ‘भैले भने अनुसार टिकट वितरण नहुँदा कार्यपालिकामा बहुमत भएन ।’

कांग्रेस जिल्ला सभापति जितेन्द्र श्रेष्ठले आफूले टिकट वितरणमा कुनै गढबढी नगरेको मञ्चबाटै जवाफ फर्काए । आफूले टिकट वितरणमा पैसा नखाएको स्पष्टीकरण दिँदै श्रेष्ठले भने, ‘कांग्रेसले जिल्लामा लज्जास्पद हार व्यहोरेको भए मैले राजीनामा दिन्थे । जिल्लामा ६९ वटा उम्मेदवारी परेको वडामा ३८ वटामा जित भएको छ । यो सफलतालाई हेरेर धन्यवाद भन्नु पर्दैन ।’

केन्द्रिय सदस्य तथा ललितपुरका नेता उदयशम्सेर राणाले दक्षिण ललितपुरको वागमती र महाँकाल गाँउपालिकामा राम्रो टिमका साथ काम गरेको कारण लगभग क्लिन स्विप गरेको बताउँदै महानगरले यहाँबाट सिक्नु पर्ने बताए । मेयर चिरिबाबु महर्जनलाई जवाफ दिँदै उनले भने, टिकट दिँदा हस्तक्षेप भएको छैन । जिते आफूले गर्दा जितेको हारेको ठाँउ अरुले विगारेको नभनौं । उनले नाक काटेको वा नकाटेको कुरामा गएर विवाद निकाले पार्टीलाई कुनै फाइदा नहुने बताए ।

केन्द्रिय सदस्य उर्मिला केसीले पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवालाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको र गणेशमान सिंह रुँदै हिँडेको प्रसंग निकाल्दै जिल्लाको विवाद सामान्य रहेको बताइन् ।

जिल्ला नेतृत्वले टिकट दिँदा विधान लत्याएर केन्द्रिय सदस्यहरुलाई उपस्थित गराएर निर्णय गराउनु पर्नेमा आफूसँग कसैले नसोधेको बताइन् । उनले भनिन्, ‘मलाई पार्टीभित्रका साथीहरुले मेरो हैसियत नभएको बताउने गरेका छन् ।’ पार्टीभित्र निषेधको राजनीति नगर्न चेतावनी दिँदै केसीले भनिन्, ‘निषेधले पार्टीमा द्वन्द्व निम्त्याउछ । द्वन्द्वले कमजोर भइन्छ ।’

केन्द्रीय सदस्य जितजंग बस्नेतले नेपाली कांग्रेसमा धेरै अनुशासनहीन काम भएको बताए । उनले मेयर महर्जनको भनाइप्रति लक्षित गर्दै भने,‘यहाँ जसले जे बोले पनि हुन्छ ।’

पार्टीका उपसभापति पूर्णबहादुर खड्काले छिट्टै पार्टीको समीक्षा बैठक राख्न जिल्ला अध्यक्ष जितेन्द्र श्रेष्ठलाई निर्देशन दिँदै भने, समीक्षा बैठकमा पार्टीका ठूला नेता के भन्ला भनेर नसोच्नुसर सबै कुरा खुलस्त राख्नुस् ।’

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...