back

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा: के भन्छन् गठबन्धन घटकका नेताहरु ?, सरकार कसरि अघि बढ्ने भएको छ?व्रिस्तितमा)

होला त ! मन्त्री हेरफेर

nactional life

काठमाडौं। गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन अघि मन्त्रिपरिषद् पुनर्गठनको चर्चा सुरु भएको थियो । त्यतिबेला नेताहरुले स्थानीय निर्वाचन लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए ।

चुनाव सकिएर जनप्रतिनिधिले शपथसमेत लिइसकेका छन् । त्यसैले मन्त्रिपरिषद् पुनर्गठनबारे चासो बढ्नु स्वाभाविक हो । तर, गठबन्धन घटकका नेताहरुले मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा अहिले आ–आफ्नै तर्क गर्न थालेका छन् ।

नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको बताए । ‘अब कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रदेश र संघको चुनाव गर्नु छ । त्यो भनेको यस्तै ५/६ महिनामात्रै बाँकी छ,’ बस्नेतले भने, ‘मलाई लाग्छ अब मन्त्री हेरफेर हुँदैन होला । यही सेट नै अघि बढ्न सक्छ ।’

गठबन्धन दलको सरकार भएकाले मन्त्रिपरिषद् पुनर्गठन गरौं भन्ने भएमा हुन पनि सक्ने बस्नेतले बताए । यद्यपि चुनावपछि मन्त्रिपरिषद् हेरफेरका विषयमा कतै चर्चा भने नभएको उनले बताए ।

यस्तैगरि, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले मन्त्री हेरफेरका विषयमा चर्चा नै नभएको दाबी गरे । ‘अहिलेसम्म मन्त्री हेरफेरका विषयमा गठबन्धन वा पार्टीभित्र कतै चर्चा भएको छैन,’ भुसालले भने, ‘यदि गठबन्धनमा सहमति भएमा हेरफेर हुन/नहुन पनि सक्छ । अहिलै भन्न सकिएन ।’

तर, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य मेटमणि चौधरीले मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा छलछल भइरहेको दाबी गरे । ‘गठबन्धन र पार्टीभित्रै मन्त्री हेरफेरको चर्चा भइरहेको छ,’ चौधरीले भने, ‘कहिले र कसरी मन्त्री हेरफेर गर्ने भन्ने टुङ्गो लागेको छैन । यो महिनाभित्रै मन्त्री हेरफेर हुन्छ ।’

जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले मन्त्रिपरिषद् हेरफेरका विषयमा कुनै जानकारी नभएको बताए । ‘स्थानीय चुनावमा आफ्नै क्षेत्रमा थिएँ । बल्ल काठमाडौं आएँ, के हुन्छ भन्ने बुझेरमात्रै भन्न सक्छु,’ राईले भने ।

सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रिपरिषद् हेरफेरका विषयमा छलफल नभएको काँग्रेस उपभापति पूर्णबहादुर खड्काले बताए ।

स्थानीय चुनावको समीक्षा, जिल्ला समन्वय समितिमा मिलेर जाने विषयमा छलफल भए पनि मन्त्री हेरफेरको विषयमा प्रवेश नै नभएको खड्काले बताए ।

यही गठबन्धन प्रदेश र संघको चुनावसम्म लग्ने विषयमा छलफल भएको र गठबन्धन सरकारले कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रदेश र संघको निर्वाचन गर्ने विषयमा भने छलफल भएको स्रोतले जनाएको छ । यद्यपि, निर्वाचनबारे ठोस निर्णय भने भइनसकेको स्रोतले जनाएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...