back

आजबाट बन्द गरियो मेलम्ची सुरुङको ढोका,यस कारण मेलम्चीको पानी अब कात्तिकमा मात्रैः कस्तो छ अवस्था ?

nactional life

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) आज बन्द गरेको छ । योसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ ।

‘पि्र-मनसुन’ (वर्षायाम) सक्रिय भएपछि मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका बन्द गरेको हो । बाढी आउने गरी मनसुन सक्रिय हुने अवस्था आएलगत्तै आयोजनाबाट पानी ल्याउन रोक्ने समितिको तयारी थियो ।

आज (मंगलबार) सुरुङको मुख बन्द गरेर त्यहाँबाट प्राविधिकहरु फर्किएका छन् ।

गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो ।

अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वषर्ायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिएको आयोजनाका एक अधिकारीले भने ।उनका अनुसार जल तथा मौसम विज्ञान विभागसँग मौसमी अवस्थाबारे परामर्श लिएर सुरुङ बन्द गरिएको हो ।

‘असोज मसान्तसम्मका लागि भनेर सुरुङ बन्द गरेका हौं, त्यो बेलासम्म मौसम र वर्षाको अवस्था कस्तो हुन्छ, त्यही हेरेर सुरुङको ढेका खोल्छौं,’ उनले भने । ‘नियमित वषर्ा रोकिएपछि फेरि मेलम्चीको पानी सुरुङमा हाल्ने र काठमाडौं ल्याएर वितरण थाल्ने योजना समितिको छ ।

मेलम्चीको तटीय क्षेत्रमा अझै पहिरोको जोखिम छ भने लेदोसहितको बाढीको जोखिम टरेको छैन । त्यसैले मनसुन सक्रिय भएपछि मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिएको बताउँछन् ।

१ असार २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको आयोजनाको मुहानस्थल सफा गरेर अहिले मेलम्चीको पानी सुरुङभित्र सोझै हालिएको छ ।

प्राविधिकहरुका बालुवा थिग्रयाउन बनाएको संरचना समेत बाढीले पुरेकाले बाढी आएको समयमा खुला राखेमा सुरुङ नै ‘कोल्याप्स’ हुने जोखिम हुन्छ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार नाकोटेमा बाढीको तह जाँच गर्ने प्रविधि जडान गरिएको छ । सो संयन्त्रले नदीमा पानीको सतह नाप गरेर खतराको तह पार गरेको सूचना दिन्छ । तर, सो संयन्त्रमा नै भर पर्न सकिने अवस्था भने नरहेको अधिकारीहरु बताउँछन् ।

बाढी आउन थालेपछि बन्द हुने सुरुङ तिहारपछि खोल्न सकिने विश्वास गरिएको छ । वषर्ामा सुरुङ बन्द राखियो भने वर्षमा कम्तिमा ८ महिना पानी खुवाउन सकिने आयोजनाले भनाइ छ ।

आयोजनाका अनुसार अहिले एशियाली विकास बैंक (एडीबी)ले मेलम्चीको माथिल्लो तटीय क्षेत्र र मुहानस्थलको अवस्थाबारे अध्ययन गरिरहेको छ । एडीबीको प्रतिवेदनअनुसार नै आयोजनालाई सुरक्षित राख्ने गरी स्थायी निर्माणको काम सुरु हुने ्बताएका छन् ।

१ असार २०७८मा सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवर्क्स क्षेत्रमा क्षति पुगेको थियो ।

त्यसपछि निरन्तर आएको बाढीले बगाएर ल्याएको गेग्र्यानले डाइभर्सन सुरुङ र दुई वटा अडिट टनेलको मुख थुनेको थियो । ठेकदार कम्पनी सिनो हाइड्रोले बाहिरी भागमामा ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्र्यान हटाउने काम गरेको थियो ।

बाढीपहिरोले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क्स’का संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । हेडवक्र्स क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ बनाउनुपर्ने हुनसक्छ ।

अहिले एसियाली विकास बैंकले आयोजनाको अवस्था र जोखिबारे अध्ययन गरिरहेको छ । सरकारले त्यकै आधारमा भरपर्दो रुपमा मेलम्चीको पानी पथान्तरण गर्ने योजना बनाईरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १ सोमवार १२:४३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल...

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...