शेयर गरेर सबैमाझ पुर्याउ ! सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द
वि.सं.२०७९ जेठ १६ सोमवार
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।
नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो ।
विभागका अनुसार अब फेरि applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ ।
नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोबारबाट आवेदन खुला हुनेछ ।

प्रकाशित समय : १२:३५ बजे





















