सुनौलो कछुवासहित युवक पक्राउ
वि.सं.२०७९ वैशाख २२ बिहीवार
काठमाडौ । काठमाडौंको चावहिलबाट सुनौलो रंगको कछुवासहित प्रहरीले आज एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–८ घर भएका २३ वर्षीय आशिष थापा हुन् ।
प्रहरीले चावहिलस्थित खोटाङ हलेसी गेष्ट हाउसमा कछुवा ‘बिक्री डिल’ गरिरहेको अवस्थामा पक्राउ परेका आशिष थापाको साथबाट एउटा सुनौलो रंगको कछुवा बरामद गरेको छ ।
आशिषले सुनौलो कछुवा बेच्न २० लाखमा डिल गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले बताए ।
प्रकाशित समय : १९:१५ बजे





















