back

स्थानीय चुनावमा तीन सय ५३ जना निर्विरोध हुँदा कुन दलबाट कति ? (लिस्टसहित)

काठमाडौं । स्थानीय चुनावमा उम्मेदवारी दिएकामध्ये हालसम्म तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले विभिन्न पदमा गरी सोमबारसम्म तीन सय ५३ जना निर्विरोध भएको बताएको हो ।

आयोगका अनुसार अहिलेसम्म निर्विरोध हुनेमा सत्तागठबन्धनबाट धेरै छन्। सत्तागठबन्धनतर्फ एक सय ९० जना निर्विरोध भए।

नेपाली कांग्रेसले एक सय एक पदमा जितेको छ। नेकपा माओवादी केन्द्रले ५४, नेकपा एकीकृत समाजवादीले ३४ र जसपाले एक पदमा निर्विरोध भएको छ।

यस्तै नेकपा एमाले एक सय २३ पदमा निर्विरोध भएको छ। वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता भएको थियो। वैशाख १६ मा उम्मेदवारी फिर्ता लिने समय थियो।

चुनावमा ३५ हजार दुई सय २१ पदमा निर्वाचन हुँदैछ। निर्विरोध भएका पदमा भने चुनाव हुने छैन।

एक सय ७० दलित सदस्य पदमा उम्मेवारी नै नपरेको आयोगले बताएको छ। ०७४ मा एक सय ७६ दलित सदस्य पदमा उम्मेदवारी परेको थिएन।

कुन दलले कति जिते?

नेकपा एमाले

नेकपा एमालेले एक अध्यक्ष निर्विरोध जितेको छ भने दुई उपाध्यक्ष जितेको छ। १४ जना वडाध्यक्ष, २६ जना वडा सदस्य, २३ जना महिला सदस्य र ५७ जना दलित महिला सदस्यले जितेका छन्।

नेपाली कांग्रेस

कांग्रेसले एक उपाध्यक्ष निर्विरोध जितेको छ। यस्तै १४ वडाध्यक्ष, ३१ वडा सदस्य, १५ महिला सदस्य र ४० दलित महिला सदस्य जितेको छ।

नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका तीन वडाध्यक्ष निर्विरोध भएका छन्। पाँच वडा सदस्य, सात महिला सदस्य र ३९ जना दलित महिला सदस्य निर्विरोध भएका छन्।

नेकपा एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले दुई गाउँपालिका अध्यक्ष जितेको छ। एक उपाध्यक्ष निर्विरोध भएको छ। छ जना वडाध्यक्ष, १२ जना सदस्य, सात महिला सदस्य र ६ दलित महिला सदस्य निर्विरोध भएका छन्।

राप्रपा

राप्रपाबाट दुई जना वडा सदस्य निर्विरोध भएका छन्।

स्वतन्त्र

स्वतन्त्रबाट ६ जना वडाध्यक्ष निर्विरोध भएका छन्। १६ जना वडा सदस्य निर्विरोध भए भने ८ जना महिला सदस्य निर्विरोध भएका छन्। स्वतन्त्रबाट चार जना दलित महिला सदस्य निर्विरोध भएका छन्।

साथै राष्ट्रिय जनमुक्ति पार्टीबाट एक जना महिला वडा सदस्य निर्विरोध भएकी छन्। लोकतान्त्रिक समाजवादी पार्टीबाट एक दलित महिला सदस्य, जनता समाजवादी पार्टी एक दलित महिला सदस्य, नेपाल मजदुर किसान पार्टीबाट दुई दलित महिला सदस्य निर्विरोध भएका छन्।

 

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...